☰ open Loading... 22 May 2024|  

प्रहरी इन्चार्ज माथि हातपात गर्ने पक्राउ
  | ७ कार्तिक २०७४, मंगलवार १३:४७

बुद्धिमान पुन
सल्यान  । इलाका प्रहरी कार्यालयका इन्चार्जलाई हातपात गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालीका –१ देवस्थल इलाका प्रहरी कार्यालय सल्लीवजारका इन्चार्ज चन्द्र कठायतलाई हातपात गर्ने स्थानीय २० वर्षीय लिल वहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार राती ८ वजेको समयमा मदिरा सवेन गरि पुनले स्थानीय थापलीवजारमा रहेको एक घरमा युवती जिस्काई रहेको अवस्थामा प्रहरीले भेटाएको थियो ।

सोही अबस्थामा ती यूवकलाई पक्राउ गर्न खोज्दा सई कठायत माथी हातपात गरेको सल्यानका प्रहरी प्रमुख भरत बिकले जानकारी दिए । ईन्चार्ज कठायतमाथी हातपात गरेर फरार भएका पुनलाई १ घण्टा पछि इलाका प्रहरीको टोलीले पक्राउ गरेको उनले बताए ।

प्रहरी माथि हातपात गर्ने पुनलाई नियन्त्रण लिई जिल्ला चलान गरिएको छ । साथै उनलाई सार्वजनिक अपराध अन्तरगतको मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।