☰ open Loading... 18 April 2024|  

दैलेखी सेवा समाज (यूएई) ले घाईतेलाई सहयोग
  | ७ कार्तिक २०७४, मंगलवार १३:५२

दैलेख – रिपोर्टर्स क्लव दैलेखमा एक कार्यक्रमको आयोजना गरि दैलेखी सेवा समाज (यूएई) ले घर भत्किदा घाईतेलाई आर्थिक सहयोग गरेको छ । समाजले भदौं ८ मुना शाही उपचारका लागि १५ हजार सहयोग गरिएको हो ।

क्याप्सन ः दैलेखी सेवा समाज (यूएई) बाट गरिएको सहयोग रकम हस्तान्तरण गर्दै ।

सहयोग रकम हस्तान्तरणमा समाजका गते राती दैलेख नयाँ बजारमा अविरल घर भत्किदा घाईते भएकी १२ वर्षिया दैलेखको प्रवक्ता प्रेमपूर्ण न्यौपाने र नेपाल पत्रकार महासंघका अध्यक्ष चक्र केसीले संयूक्त रुपमा उक्त रकम घाईते मुनाको रोहवरमा उनका बुवा दिपक शाहीलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै कार्यक्रम समाजका सदस्य गोविन्दराज रेग्मी पनि सहभागी थिए । बाढी पिडित तथा शिविरहरुमा समाजले सहयोग गर्दै आएको प्रवक्ता न्यौपाले बताए ।

आगामी दिनमा आफुहरुले सहयोग गर्ने उनले बताए ।

łयहाँको समाचारहरुले आफुलाई खवर हुने प्रभाव पारिरहेको हुन्छ । प्रवक्ता न्यौपानेले भने, समाचारका आधारमा आफुहरुले सानासाना सहयोग गरिरहेका छौ ।

आफुले वितरण गर्ने सहयोग पारदर्शी रुपमा सम्वन्धी परिवारलाई नै पत्रकारहरुमाँझ रिपोर्टर्स क्लवमा दिएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष चक्र केसी, विशेष अतिथि प्रेमपूर्ण न्यौपाने, गोविन्ददेव भारती रहेको छ ।

प्रवासमा बसेर नेपालको पिडामा सहयोगी बनेकोमा नेपाल पत्रकार महासंघका अध्यक्ष केसीले धन्यवाद दिए ।