☰ open Loading... 1 May 2024|  

देउसी भैलोबाट संकलित रकम मोटरबाटो निर्माणमा खर्च
  | ७ कार्तिक २०७४, मंगलवार १३:४९

सागर परियार,
जुम्ला । देउसी भैलोबाट संकलन गरिएको रकमले जुम्ला पातारासी गाउँपालिका ५ माथि लार्पा गाउँमा मोटरबाटो निमार्ण गरिएको छ । अहिले सम्म मोटर पुग्ने बाटो नभएको र आउजाउको समस्यालाई मध्यनजर गर्दै देउसी भैलोकमे रकमले बाटो निमार्ण गरिएको हो ।

देउसी भेलौबाट बाट संलकन भएको लगभग ५० हजार रकमले पातारासी गाउँपालिका ५ लोर्पा गाउँको दोपाट्न देखि माथि लोर्पा गाउँसम्मको सम्मको झण्डै १ किलोमिटर मोटर बाटो निमार्ण गरिएको सुर्य ज्योती यूवाक्लबका अध्यक्ष टेक बहादुर बुढाले बताए ।

उनका अनुसार बाटो निमार्ण गर्ने उद्दश्यले यूवाक्लबबाट देउसी भैलो खेलेको र बाटो निमार्ण गरिएको हो । अहिले सम्म लोर्पा गाउँको गाढापारी दोपाट्न सम्म मात्रै सानो गोरेटो बाटो थियो ।

क्लबले दोपाट्नबाट माथि लोर्पा सम्म एक किलोमिटर बाटो निमार्ण गरेपछि अब सिधै गाउँमानै मोटरसाईलक पुग्ने क्लबका अध्यक्ष बुढाको भनाई छ ।

कुनै निकायको सहयोग तथा समर्थन बिना देउसी भैलोबाट संकलित रकमबाट मोटरबाटो निमार्ण गर्न सफल भएको आगामी दिनमा समाज समृद्धीका विभिन्न काम गर्दे जाने सुर्य ज्योती यूवाक्लबका सल्लाहकार कृष्ण बोहोराले बताए । देउसी भैलो बाट बाटो निमार्णका लागि आबश्यकता अनुसार रकम संकलन नभएपनि युवाक्लबका पदाधिकाररुको सक्रियतामा मोटरबाटो निमार्ण भई संचालनमा आएको सल्लाहकार बोहोराको भनाई छ ।

पटक पटक दोपाट्न देखि माथि लोर्पा गाउँ सम्म बाटो निमाण गर्न सरकारी तथा गैरसरकारी निकायलाई अपिल गरेपनि कसैले चासो नदिँदा माथि लोर्पा गाउँमा मोटरबाटो पुग्न सकेको थिए ।

तर सुर्य ज्योती युवाक्लबको सक्रियामा माथि लोर्पा गाउँसम्म बाटो पुराउने धाको पुरा भएको छ । यता स्थानियले भने वर्षौ देखि पहल गर्दा पनि निमार्ण हुन नसकेको मोटरबाटो निमार्णमा यूवाक्लबलाई गरेको योगदान प्रति धन्यबाद दिएका छन् । धेरै समय पछि क्लबको पहलमा गाउँमानै मोटरसाईकल गुड्ने बाटो निमार्ण गरेपछि स्थानियले खुसी व्यक्त गरेका छन् ।

मोटरसाईकल मात्रै नभई अब सामान बोकेर आउन जान पनि सहजता हुने स्थानियको आशा छ । देउसी खेलेको रकमले विभिन्न औजार खरिद, तथा खाजा नास्ता गरी क्लबको सक्रियामा बाटो निमार्ण गरिएको हो ।

अन्य बालक्लब तथा यूवाक्लबहरुलाई देउसी खेलेको रकम भोजमा खर्च गर्नु भन्दा सामाजिक न्याय हुने काम खर्च गर्न सुर्यज्योती युवाक्लब माथि लोर्पाको सुझाब छ ।