☰ open Loading... 22 April 2025|  

दाङमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना
  | ९ कार्तिक २०७४, बिहीबार १७:३१

पार्वती बस्नेत
दाङ । मसिंर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि आज दाङको मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा दुई निर्वाचन अधिकृत र एक मुख्य निर्वाचन अधिकृतको कार्यालयको आज एकै दिनमा स्थापना गरिएको छ ।

जिल्ला न्याधिस तथा मुख्य निर्वाचन अधिकृत हेमन्त रावलको अध्यक्षता तथा नागरिक समाजका संयोजक टिकाराम रेग्मीको प्रमुख आतिथ्य,जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको विशिष्ट आतिथ्यमा निर्वाचन अधिकृत कार्यालयको स्थापना गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अधिकृत बिजय कुमार कार्कीको स्वागत मन्तब्यवाट शुरु भयको कार्यक्रममा प्रमुख अतिथि टिकाराम रेग्मीले स्थानिय तहको निर्वाचनको समयमा जस्तै यसपटक पनि निष्पक्ष,भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने वातावरणको सृजना गरि सहयोग गरिदिनका लागी निर्वाचन कार्यालय,सुरक्षाकर्मी लगायत सम्पुर्ण राजनितिक दलहरुमा अनुरोध गरेका थिए ।

यसैगरी कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस हेमन्त रावलले कानूनको पालना गर्दै,आफुहरुले निष्पक्षतापुर्ण निर्वाचन गराउनका लागी समन्वयकारी भुमिकामा रहेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।