☰ open Loading... 18 May 2024|  

सल्यानमा नसर्ने रोगका बिरामीहरु बढ्दै
  | ९ कार्तिक २०७४, बिहीबार १७:२८

बुद्धिमान पुन
सल्यान । सल्यानमा नसर्ने रोगका बिरामीहरु बढ्दै गएका छन् । पछिल्लो समय सर्ने रोगका बिरामीहरुको संख्या बढ्दै जाने र अकालमा नै बिरामीहरुले ज्यान गुमाउने गरेका कारण सर्ने रोग लाग्न बाट सचेत रहने तर नसर्ने रोगको बारेमा खासै चासो नराख्दा जिल्लामा नसर्ने रोगका बिरामीहरु बढ्दै गएका हुन् ।

जिल्ल अस्पताल सल्यानका निमित्त प्रमुख बिमल श्रेष्ठले जिल्लामा पछिल्लो समय नसर्ने रोगका बिरामीहरुको संख्या ह्वात्तै बढेको बताउनु भयो । रुघाखोकी, झाडापखाला, दम लगाएत एच.आई.भि. एड्स एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सर्ने भएकाले मानिस सचेत रहन्छन् उनले भने, नसर्ने रोग बारे मानिसले खासै ध्यान दिदैनन् तर जिल्लामा नसर्ने रोगका बिरामीहरु बढ्दै गएका छन् ।

अहिले जिल्लामा क्यान्सर, टाउको सम्बन्धी, मृगौला सम्बन्धी लगाएतका बिभिन्न नसर्ने रोगका बिरामीहरु रहेको जिल्ला अस्पताल स्रोतले जनाएको छ । जिल्ला अस्पताल सल्यानका अनुसार जिल्लामा आर्थिक बर्ष २०७३र७४ मा ४० जना क्यान्सरका बिरामीहरु भेटिएका छन् । जसमा २८ जना महिला रहेका छन् भने १२ जना पुरुष रहेका छन् ।

निमित्त प्रमुख श्रेष्ठले जिल्लामा क्यान्सरका बिरामी सबै भन्दा बढी रहेको बताउनु भयो । जिल्लामा क्यान्सरका बिरामी बढी छन्, जसमा पुरुष भन्दा बढी महिलाहरुमा क्यान्सर बढी छ, महिलाहरुमा पनि सबै भन्दा बढी पाठेघरको क्यान्सर भएकाे जानकारी दिए ।

उनले समग्र जिल्लाको स्वास्थ्य क्षेत्रमा भने सुधार भएको बताए । अहिले स्वास्थ्य क्षेत्रका प्रगतीका आधारमा यस जिल्ला देशमा नै बाह्रौ स्थानमा रहेको बताउदैँ ६ नम्बर प्रदेशमा दास्रो स्थानमा रहेको उल्लेख गरे ।