☰ open Loading... 19 April 2024|  

देउसी भैलोबाट संकलित रकमले सहकारी स्थापना
  | १० कार्तिक २०७४, शुक्रबार १०:२६

सागर परियार
जुम्ला । जुम्ला संगै देशभर यतिबेला देउसी भैलोबाट संकलित रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्ने क्रम चलिरहेको छ । पहिलो भोज भतेर खाने प्रचललाई अहिलेका पुस्ताले विकास निमार्ण संग जोडिएको स्थानियको भनाई छ । भने पछिल्लो सयमा खेलिने देउसी भैलो निश्चित उद्देश्य प्राप्तीका लागि खेलिने भएकाले भोज भतेर खाने चलनको विस्तारै अन्त्य हुदै जान लागेको हो । शिक्षा, स्वास्थय खानेपानी, बाटो निमार्ण लगायत अन्य क्षेत्रमा देउसी भैलाबाट उठेको रकम लगानी भईरहेको देखेका छौ ।

जुम्लाकै सन्दर्भमा जुम्लाकोट एक टोलीले देउसी भैलो खेलेरै कृषि सहकारी स्थापना गर्न लगानी गर्ने भएको छ, भने पातारासी गाउँपालिका ५ माथि लोर्पा गाउँ स्थित सुर्य ज्योति युवा क्लबले देउसीभैलोको पैसाबाट एक किलोमिटर मोटरबाटो निमार्ण गरेको छ । त्यस्तै शैक्षिक क्षेत्र सुधारका लागि पनि लगानी भईरहेका छन् । कसैले पलस टु खोल्न लगानी गरेका छन् कसैले विद्यालयको भौतिक पुर्वधार सुधारका लागि खर्च गरेका छन् ।

गोठीचौर गाउँपालिका २ मा रहेको हिरा धन्नजय आधारभुत विद्यालयलले देउसी भैलो बाट संकलन गरेको रकम विद्यालय सुधारका लागि खर्च गर्ने निर्णय गरेको छ । तिहारका अबसरमा खेलिएको देउसी भैलोबाट संकलन भएको झण्डै ७० हजार बढि रकमले आधारभुत विद्यालयलाई निमावी बनाउने उद्देश्य अनुसार भौतिक संचरना निमार्ण कार्यमा खर्च गरिने विव्यस अध्यक्ष मोतिराम बुढाले बताए ।

उनका अनुसार विद्यालय सुधारका लागि भनेर शिक्षक विद्यार्थी तथा विद्यालय व्यवस्थापन समिमितिका पदाधिकारीहरुले देउसी भैलो खेलेको र सोहि क्षेत्रमा लगानी गर्ने औपचारिक निर्णय भएको उनको भनाई छ ।

विद्यालय केहि अन्य बजेट देउसी भैलोको बजेटले हिरा धन्नजय आधारभुत विद्यालय लाई निमावी बनाउन कक्षा भवन निमार्ण कार्यमा खर्च गरिने निर्णय भएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।