☰ open Loading... 3 May 2024|  

देउती यातायातको नयाँ अभ्यास, दुर्घटना रोक्न पदाधिकारीद्वारा छड्के चेक
  | १२ कार्तिक २०७४, आईतवार १०:१६

सुर्खेत : सुर्खेतमा पहिलो पटक यातायात व्यवसायीहरुले नै सडक दुर्घटना न्युनिकरण गर्न छड्के चेकजाँच गर्न थालेका छन् । सडक दुर्घटना रोक्न र यात्रुहरुप्रति सवारी चालक तथा सह–चालकले गर्ने व्यवहारको बारेमा जानकारी लिने उदेश्यले देउती नागरिक यातायात प्रा.लि.का पदाधिकारीहरुले छड्के चेकजाँच शुरु गरेका हुन् ।

सुर्खेतबाट नेपालगञ्ज, दैलेख र सुर्खेतका विभिन्न स्थानहरुमा यात्रुलाई सेवा दिँदै आएको प्रा.लि.ले पछिल्लो पटक अभियान नै सञ्चालन गरेर छड्के चेकजाँज गरिरहेको छ । पहिलो पटक गरिएको छड्के चेकजाँचमा सवारी चालक र सहचालकहरुले क्षमताभन्दा बढी यात्रु हाल्ने गरेको पाइएको प्रा.लि.का अध्यक्ष कमल खड्का ‘जुनी’ ले जानकारी दिए ।

‘यात्रुहरुबाट सेवा राम्रो भएको र प्रभावकारी सेवा दिन सिटभन्दा बढी यात्रु नहाल्न सुझाव दिनुभएको छ’ खड्काले भने,–‘यात्राको क्रममा कहिले काँही सिटभन्दा दुई चारजना यात्रु बढी हाल्ने गरेकाले त्यसो नगर्न सवारी चालकलाई सम्झाएका छौं ।’

सुर्खेत–दैलेख सडक खण्डको कटकुवामा प्रा.लि.का अध्यक्षसहितका पदाधिकारीहरुले गरेको छड्के अनुगमनका क्रममा चालक र सह–सहचालकलाई सडक दुर्घटना र सवारी कागजपत्र नभएनभए बारे चेकजाँच गरेका थिए ।

‘सवारी चेकजाँच गर्ने निकाय ट्राफिक प्रहरीको हो तर हामीले प्रा.लि.द्वारा सञ्चालित गाडीहरुको अवस्था कस्तो छ भन्ने थाहा पाउन चेकजाँच गरेका हौं’ अध्यक्ष खड्काले थपे,–‘दुर्घटना भव्यतव्य घटना भएकाले समयमै सजकता अपनाए रोक्न सकिन्छ भन्ने सन्देश यात्रुहरुलाई दिन समितिबाट समेत अभियान थालेका हौं ।’

सडक दुर्घटना रोक्नकै लागि समितिबाट सञ्चालित गाडीहरुले ठुलो दुर्घटना झेल्न नपरोस् भन्न यस्ता अभियान मासिक रुपमा सञ्चालन गरिने खड्का बताउँछन् ।
‘ट्राफिक प्रहरीले गर्ने नियमित काम छदैछ यद्यपी समितिको तर्फबाट पनि दुर्घटना रोक्न हामी आफै सक्रिय भएका हौं’ खड्का भन्छन्,–‘दुर्घटनामा मानविय र धनजनको ठुलो क्षती हुन नदिन समितिमार्फत सञ्चालित गाडी चालकहरुलाई सजकता अपनाउन यो कार्य गरेका हौं ।’

प्रा.लि.ले नै छड्के रुपमा चेकजाँच गर्दा चालक र सहचालक सजक हुने र तिव्र गतिमा सवारी हाकेको पाइएमा चालकलाई सवारी धनी बोलाएर चालकलाई कारवाही गर्ने उनले बताए ।