मदन विक
सुर्खेत । यस अघिका सबै निर्वाचन जित्दै आएका सुर्खेत १ का कांगे्रस नेता पूर्णबहादुर खड्का वाम गठबन्धनका कारण संकटमा परेका छन् । ०६४ मा बाहेक ०४८ सालयताका सबै संसदीय निर्वाचन जित्दै आएका उनको यसपटक चुनाव लड्ने आकांक्षा थिएन । ०६४ सालमा उनी संविधानसभाका लागि समानुपातिक उम्मेदवार बनेका थिए । अन्तिम समयमा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका खड्काले वाम गठबन्धनकै खतरा देखेर पछि हट्न चाहेको स्रोतले बतायो ।
उनी यसपल्ट एमालेका जिल्ला अध्यक्ष धु्रवकुमार शाहीसंग भिड्दैछन् । शाही त्यस क्षेत्रका लोकप्रिय नेता हुन् । एकातिर शाहीको लोकप्रियता र अर्कोतर्फ बलियो बाम गठबन्धनका कारण खड्कालाई चुनाव जित्न सहज छैन् । स्थानीय तहमा प्राप्त मत परिणामले वाम गठबन्धनलाई कमजोर आंकलन सकिन्न ।
बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले २९ हजार ५ सय ५५ मत पाएको छ भने एमालेले २८ हजार मत प्राप्त गरेको छ । यस्तै माओवादी केन्द्रले ७ हजार ७७१ मत पाएको छ । एमाले र माओवादी केन्द्रले पाएको मत जोड्दा ३५ हजार ७ सय ७१ मत हुन्छ । अथार्त खड्का वाम गठबन्धनका शाही भन्दा ६ हजार २ सय १६ मतले पछाडि छन् ।
यता निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभाका उम्मेदवार कांग्रेसका हृदयराम थानी र वाम गठबन्धनका साझा उम्मेदवार नवराज रावत भिड्दैछन् । यस क्षेत्रमा स्थानीय तहमा प्राप्त मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस पहिलो, एमाले दोश्रो र माओवादी केन्द्र तेश्रो शक्ति रुपमा स्थापित भएको छ ।
नेपाली कांग्रेसले २५ हजार १० मत पाएको छ भने एमालेले २४ हजार ७८७ मत पाएको छ । त्यस्ते माओवादी केन्द्रले ११ हजार २ सय १२ मत प्राप्त गरेको छ । एमाले–माओवादी केन्द्रले पाएको मत जोड्दा ३५ हजार ९ सय ९९ मत हुन्छ । अर्थात् नेपाली कांग्रेसका थानी वाम गठबन्धनका रावत भन्दा १० हजार ९ सय ८९ मतले पछि छन ।यसरी हर्दा एमाले–माओवादीका साझा उम्मेदवार रावत प्रतिनिधि सभामा वाजी मार्न सक्ने सहजै अनुमान गर्न सकिन्छ । यो निर्वाचन क्षेत्र मा १ लाख २ हजार १४० जना मतदाता रहेका छन । स्थानीय तहको मत परिणामलाई आधार मान्दा आगामी मंसिर २१ गते हुने संघ र प्रतिनिधि सभको निर्वाचनमा वाम गठबन्धनले वाजी मार्ने विश्लेषकहरु बताउछन ।
प्रदेश सभाको मत परिणाम
प्रतिनीधि सभामा वाम गठबन्धनले सहज रुपमा जित्ने देखितापनि प्रदेश सभाका केही स्थानमा कडा प्रतिस्पर्धा हुने विश्लेषकहरु बताउँछन । प्रतिनीधि सभा १ को प्रदेश सभा (क) मा कडा प्रतिस्पर्धा हुने विश्लेषकहरुको भनाई छ । अन्य प्रदेशमा भने बाम गठबन्धनका कार्यकर्ताहरु बदमासी नगरेमा सहजै जित्ने सकिने एक नेता बताउँछन ।
स्थानीय तहमा प्राप्त मतलाई मान्ने हो भने प्रतिनीधि सभा १ को (क) मा नेपाली कांग्रेसका टेकबहादुर सिंह र एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार ठम्बर विष्ट विष्ट बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
यो प्रदेश सभामा २ ओटा स्थानीय तह मिलेर बनेको छ । नेपाली कांग्रेसले १४ हजार ६६७ मत यो प्रदेश सभाका वडाहहरुबाट पाएको छ भने एमाले १२ हजार ४७८ मत पाएको छ । यस्तै माओवादी केन्द्रले २ हजार २५५ मत पाइको छ । एमाले–माओवादीले पाएको मत जोड्दा १४ हजार ७ सय ३३ मत हुन्छ । अर्थात् नेपाली कांग्रेसका सिंह वाम गठबन्धनका विष्ट भन्दा ६३ मतले पछि छन । यो प्रदेश सभाका ४४ हजार ३४७ मतदाताले कसलाई रोज्छन् ् ? यो प्रदेश सभामा प्रश्नको उत्तर दिन सजिलो छैन् ।
यता प्रतिनीधि सभा १ (ख) मा वाम गठबन्धन कै मत बढी देखिन्छ । यो प्रदेश सभामा नेपाली कांग्रेसका झकबहादुर डाँगी वाम गठबन्धनका खड्क खत्री भन्दा ६ हजार १४७ मतले पछि छन । नेपाली कांग्रेसले १४ हजार ८९१ मत यस प्रदेश सभाका वडाहरुबाट पाएको छ भने वाम गठबन्धनले २१ हजार ३८ मत पाएको छ । यो प्रदेशका २ मा ५७ हजार २९० मतदाता रहेका छन ।
प्रतिनीधि सभा २ प्रदेश सभा (क) पुर्व मन्त्री यमलाल कंडेल र नेपाली कांग्रेस जिल्ला सभापति कमलराज रेग्मी बीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश नम्बर ६ का सह–संयोजक समेत रहनु भएका कंडेल राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्न सक्ने नेता हुन । सभापति रेग्मीपनि यति कमजोर छैनन् । कंडेल एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार हुन ।
स्थानीय तहमा प्राप्त मतलाई आधार मान्ने हो भने यो प्रदेश सभामा वाम गठबन्धन बलियो छ । यो प्रदेशमा नेपाली कांग्रेस भन्दा वाम गठबन्धन ५ हजार १० मतले अघि छ । नेपाली कांग्रेसले १४ हजार ४०५ मत यो प्रदेशका वडाहरुमा पाएको थियो भने वामगठबन्धले १९ हजार १० मत पाएको थियो । यो प्रदेश सभामा ५६ हजार २६७ जना मतदाताले कसलाई रोज्छन् ?
प्रतिनीधि सभा २ को (ख) मा नेपाली कांग्रेसका तप्तबहादुर विष्ट र एमाले–माओवादीका साझा उम्मेदवार विन्दामान विष्ट राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्न सक्ने नेता हुन । यो प्रदेशमा वाम गठबन्धन नै बलियो देखिन्छ । यो प्रदेश सभामा नेपाली कांग्रेसका तप्तबहादुर वाम गठबन्धनका विन्दामान भन्दा ६ हजार २५८ मतले पछि छन् ।
नेपाली कांग्रेसले १० हजार ६०५ मत यो प्रदेश सभाका वडाहरुमा पाएको छ भने वाम गठबन्धनले १६ हजार ८ सय ६३ मत पाएको पाएको छ । यो प्रदेश सभामा ४६ हजार ६७३ मतदाताहरु रहेका छन् ।