☰ open Loading... 18 May 2024|  

दैलेखमा उम्मेदवारी दर्ता उत्साह पूर्ण 
  | १६ कार्तिक २०७४, बिहीबार २२:३०

 दैलेख  ।   दोस्रो चरणमा हुने प्रतिनीधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बिहिवार दैलेखमा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका लागि दैलेखमा रहेका राजनितिक दलहरु ¥याली र बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगि उम्मेदवारी दर्ता गरेका थिए ।

२ वटा प्रतिनिधी सभा र ४ वटा प्रदेश सभा सदस्य  निर्वाचन क्षेत्र रहेको दैलेखमा ९ वटा दलले उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ ।

  नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धन, नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धन, जनमोर्चा, नयाँशक्ति पार्टी, मजदुर किसान पार्टी र विवेकशिल साझा पार्टी र नेकपा क्रान्तिकारी माओवादीले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका पार्टी अध्यक्ष रविन्द्रराज शर्माको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. २ मा एमालेका राजबहादुर बुढाले को उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ अन्तरगत प्रदेश सभा –क) मा माओवादी केन्दका धर्मराज रेग्मी, प्रदेश ख मा एमालेका अम्मरबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ । यस्तै प्रतिनिधी सभा निर्वाचन क्षेत्र न २ को प्रदेश सभा (क) मा एमालेका शुसिल थापा र प्रदेश सभा (ख) मा एमालेकै राजबहादुर शाहीको उम्मेदवारी दर्ता भएको हो ।

 नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धका तर्फबाट प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ मा राप्रपा बाट दिपक कुमार शाही, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसका शिवराज जोसीले उम्मेदवारी दर्ता गराएका छन् ।  प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश (क) मा नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णकुमार विसी र प्रदेश (ख) मा कांग्रेसका जगतजंग थापाको उम्मेदवारी दर्ता गरेका छन । यस्तै प्रतिनिधी सभा निर्वाचन क्षेत्र न २ को  प्रदेश सभा (क)  मा मधुरविक्रम खनाल र प्रदेश सभा ख मा दिक्पाल शाहीको उम्मेदवारी परेको छ ।

 यस्तै राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी,   नयाँशक्ति  नेपाल,  नेकपा क्रान्तिकारी माओवादी (देशभक्त जनगणतान्त्रीक पार्टी),  विवेकशिल साझा पार्टी लगायतले उम्मेदवारी दर्ता गराएका छन ।