☰ open Loading... 24 November 2024|  

को हुन राजबहादुर शाही ?
  | २० कार्तिक २०७४, सोमबार ११:४४

पञ्चायतको विरुद्धमा चर्कोे नारा लगाएको आरोपमा ७ दिन जेल जीवन विताएका राजबहादुर शाही २०२६ साल मंसिर २९ गते साविकको तोलिजैसी गाविस वडा नम्बर ७ र हालको ठाँटिकाँध गाउँपालिका वडा नम्बर ६ मा मा जन्मीएका हुन । 

शाही आसन्न मंसिर २१ गते हुन लागेको दोस्रो चरण  निर्वाचनको लागि  दैलेख निर्वाचन क्षेत्र नम्बर २ काे प्रदेश सभा (ख) का वाम गठबन्धनका उम्मेदवार हुन् । विद्यार्थी जीवनदेखि राजनीतिमा होमिएका शाही सालिन र जनताका लोकप्रिय नेताको रुपमा चिनिन्छन् । २०३९ सालमा नेपाली विद्यार्थी हित समितिबाट राजनीतिमा होमिएका हुन । क्रमश शाही मजदुर किसान पार्टी निकट नेपाल मजदुर विद्यार्थी संघ आवद्ध हुदै नेपाल मजदुर किसान पार्टीमा संगठित हुदै २०४५ सालमा पार्टीको इलाका कमिटीमा काम गर्ने जिम्मेवारी बहन गरे ।

२०४६–२०४८ साल सम्म शाहीले नेपालगञ्ज बहुमुखि क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी संघको तर्फ सभापति भएर तीन वर्ष काम गर्ने जिम्मेवारी पाएका थिए ।

शाही २०४८ सालमा नेपाल मजदुर किसान पार्टीको जिल्ला सम्मेलनबाट सदस्यमा निर्वाचित भई पार्टीको जिल्ला नेतृत्वमा काम गर्ने जिम्मेवारी बहन गरेका थिए ।

त्यसपछि २०५२ साल साउन १० गते मजदुर किसान पार्टी र नेकपा एमाले बीच पार्टी एकिकरण भयो । एकिकरण भएपछि २०५२ सालमा शाही नेकपा एमालेको विभागिय सदस्य भएर काम गर्ने जिम्मेवार बहन गरे । आइ कम पास भएका शाहीले २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्ष निर्वाचित भई तोलीजोशी गाविसमा समाजको सेवा गर्ने जिम्मेवार बहन गरे ।

प्रस्तुती मदन विक