☰ open Loading... 3 May 2024|  

जिम्मेवारी सुम्पन मतदातासंग अपिल
  | २० कार्तिक २०७४, सोमबार १६:५९

सुर्खेत । आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्ला तथा प्रदेशको विकासको जिम्मेवारी सुम्पन कांग्रेस उम्मेदवारहरुले मतदातासंग अपिल गरेका छन् । सोमवार वीरेन्द्रनगर १ बांगेसिमलस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको एक कार्यक्रममा विकास निर्माणको मूल एजेण्डा बोकेको कांग्रेसका उम्मेदवारहरुलाई बिजयी गराएर विकास निर्माणको जिम्मेवारी सुम्पन अपिल गरेका हुन् ।

कांग्रेसका सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार एवं पूर्वमन्त्री ह्दयराम थानीले प्रदेश नं. ६ को सम्भावित केन्द्रको विकासका लागि आफ्नो अभियान जारी रहने बताए । उनले मतदातालाई फेरि पनि कांग्रेसलाई जिताएर संविधानसभाको कार्यान्वयन र मुलुक तथा जिल्लाको विकासको अभिभारा सुम्पन आग्रह गरे ।

सुर्खेत क्षेत्र नं. २ को प्रदेश कका उम्मेदवार एवं कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले आफूलाई विकास निर्माणको अभिभारा दिन अपिल गरे । कांग्रेसको का“धमा विकास निर्माणको जिम्मेवारी भएकोले त्यो पूरा गर्नपनि कांग्रेसका उम्मेदवारहरुलाई जिताउन जरुरी रहेको उनको भनाइ छ ।

पूर्वमन्त्र शिवराज जोशीले धर्मको संरक्षण र विकासमा कांग्रेसले विगतदेखि नै काम गर्दै आएको बताएभने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले स्रोत र साधनले भ्याएसम्म मन्दिरको संरक्षण र विकास गरिने बताए ।

यसैगरी सोमवार नै वीरेन्द्रनगर वडा नं. १२ मा पनि कार्यकर्ता भेलाको आयोजना गरिएको छ । सो कार्यक्रममा पूर्व मन्त्री एवं क्ष्ँेत्र नं. २ का उम्मेदवार ह्दयराम थानीले विकास र निकासको नेतृत्वकर्ता नै कांग्रेस भएकोले कांग्रेसलाई जिताउन आव्हान गरेका छन्भने प्रदेश उम्मेदवार कमलराज रेग्मीले पनि वीरेन्द्रनगरको मुहार फेर्नका लागि कांग्रेसको जित अपरिहार्य भएको जिकिर गरे ।ब