☰ open Loading... 20 April 2024|  

वाम गठबन्धनको रणनीति, चुनाव जित्न टोल–टोलमा परिचालन कमिटी
  | २१ कार्तिक २०७४, मंगलवार ०९:५२

सुर्खेत । नेकपा एमालेका पोलिटव्युरो सदस्य एंव सुर्खेत प्रदेश २ क का उम्मेद्धावार यामलाल कंडेलले बाम एकता कसैको विरोधका लागी नभएर देश र प्रदेश निर्माणका लागि भएको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा वडा नम्बर ४ मा आयोजना गरिएको संयुक्त भेलालाई सम्बोधन उनले यस्तो बताएका हुन । उनले देश र प्रदेशको विकासका लागि वाम गठबन्धनलाई मतदान गर्न अपिल गरे ।  

कार्यक्रममा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनधिसभाका उम्मेद्धार नवराज रावतले यसपटक बाम एकताले सुर्खेतमा इतिहास कायम गर्ने बताए । भेलाले निर्वाचनलाई प्रभावकारी ढङगबाट परिचालन र व्यवस्थित गर्नका लागि हरिहरनाथ योगी संयोजक र दीपे सार्की सहसंयोजक रहने गरी ५ सय १ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

यता बाम गठबन्धनले प्रतिनिधि सभा २ को प्रदेश २ ख मा प्रदेश स्तरीय कार्यकर्ता भेला सोमबार पन्चपुरीमा सम्पन्न भएको छ । भेलाले नेकपा एमाले का जिल्ला सचिब मोहन बडुवाल संयोजकत्वमा प्रदेश स्तरीय चुनाव प्रचार–प्रसार समिति गठन गरिएको छ । यसैगरी भेलाले प्रचार–प्रसार समिति, आर्थिक समिति तथा उपसमिति गठन गरिएको बताईएको छ ।

कार्यक्रममा प्रतिनीधि सभा सदस्यका उमेदवार नवराज रावतले जनताको मतको कदर गर्ने प्रतिवद्धता जनाए ।  प्रदेश सभा ख का उमेदवार बिन्दमान बिष्टले देश को आवश्यकता ले नै बामपंथी गठबन्धन बनेकोले बाम गठबन्धनको  जीत अपरिहार्य रहेको बताए ।

 

नेकपा एमाले प्रदेश समन्वय कमिटीका संयोजक घनश्याम पाण्डेको अध्यक्षता, नेकपा माओबादी केन्द्र का पोलिट्ब्युरो सदस्य पुस्पा बिष्ट, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् पुर्व सांसद नरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश कमिटी सदस्य तारा देवकोटा , एमालेका नेता कुलमणी देवकोटा लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।

उता प्रतिनिधि सभा १ प्रदेश सभा (क) को बोटेचौरमा एमाले–माओवादीको संयुक्त अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

भेलाले ऐनबहादुर चन्दकोको संयोजत्वमा २ हजार २२२ सदस्यीय संयोजकत्वमा प्रदेश स्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । यसैगरी नेत्रलाल महतराको संयोजकत्वमा निर्वाचन प्रचार–प्रसार समिति गठन गरिएको गठन गरिएको भने देवबहादुर खत्रीको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।

चुनाव परिचाल समितिका संयोजक ऐनबहादुर चन्दको अध्यक्षता भेलामा निर्वाचन क्षेत्र न. १ प्रतिनिधि सभाका उम्मेदवार ध्रुवकुमार शाही, माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्णबहादुर जिसी, ऋषि स्मृति प्रतिष्ठान सुर्खेतका अध्यक्ष डण्डीप्रसाद शर्मा, पुर्व सांसद कमला शर्मा, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सीता नेपाली, प्रतिनिधि सभा १ प्रदेश सभा –क) का उम्मेदवार ठम्मरबहादुर विष्ट लगायतले वाम गठबन्धनलाई जिताउन आग्रह गरेका थिए ।