☰ open Loading... 4 May 2024|  

खड्काको व्यस्त चुनावी कार्यतालिका यस्ताे छ
  | २२ कार्तिक २०७४, बुधबार १०:५९

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर एकका निवर्तमान सांसद् पूर्णबहादुर खड्काको चुनावी कार्यतालिका सार्वजनिक भएको छ । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा प्रतिनीधि सभा क्षेत्र नम्बर एकका उम्मेदवार खड्काको व्यस्त कार्यतालिका सार्वजनिक गरेका हुन् । शुक्रबार चुनावी प्रचारका लागि खड्का गृह जिल्ला सुर्खेत आउँदैछन् ।

शुक्रबार ११ बजेदेखी जनताको दैलोमा पुग्ने कार्ययोजना बनाएका खड्काले कार्तिक २३ गते नै बबई, हात्तीखाल र गेरुवानीका मतदातालाई भेट्ने छन् । कार्तिक २४ देखी आगामी मंसिर १८ गतेसम्म सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकका विभिन्न ठाउँहरुमा चुनावी आमसभा गर्ने कार्यतालिका सार्वजनिक खड्काले गरेका छन् ।
यस्तो छ, खड्काको चुनावी कार्यतालिका