☰ open Loading... 3 May 2024|  

कुखुरा बोक्ने गाडीमा काठ तस्करी
  | २५ कार्तिक २०७४, शनिबार ११:१३

सुर्खेत । कुखुरा बोक्ने वीरेन्द्रनगर–६ पाण्डे एग्रोभेटको गाडीमा चिरान काठ तस्करी गरिरहेको अवस्थामा मध्यराती प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कर्णाली राजमार्गको बांगेसिमल–बड्डीचौर सडक खण्डको बांगेसिमलबाट वन कर्मचारी र प्रहरीको संयुक्त गस्ती टोलीले चिरान काठसहित दुईवटा गाडी नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सवारी चालकद्वय वीरेन्द्रनगर–२ गणेश सुनार र डोलबहादुर सुनार तथा सहचालक वीरेन्द्रनगर १८ का अजुन बस्याल र लाले रहेका छन् । जिल्ला वन कार्यालय सुर्खेतका वन अधिकृत हेमराज विष्टले लु १ च ८३६३ र लु २ च ३४३ नम्बरको जिप पनि नियन्त्रणमा लिएको जानकारी दिए ।

उनका अनुसार दुवै जीपबाट १२० थान सालको चिरान काठ बरामद गरिएको छ । बराहताल गाउँपालिका–८ कुम्भिकोटबाट काठ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वन अधिकृत विष्टले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको बताएका विष्टले पक्राउ परेकालाई वन ऐन अन्तरगत मुद्दा चलाइने बताउनुभयो ।