☰ open Loading... 3 May 2024|  

जुम्लामा पुग्याे निर्वाचन सामाग्री
  | २८ कार्तिक २०७४, मंगलवार १९:१८

सागर परियार
जुम्ला । प्रतिनिधि र प्रदेश सभाको पहिलो चरणको निर्वाचन हुन १५ बाँकि हुँदा जुम्लामा सम्पुर्ण निर्वाचन सम्बन्धी सामाग्री आइ पुगेको छ । ९० वटा मतदान केन्द्रका लागि ८० थान ठुलो मतपत्र र ५० थान सानो मतपत्र आई पुगेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा ३ वटाका दरले मतपत्र आइ पुगेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अविनन्द चौलागाँईले जानकारी दिए ।

निर्वाचनका लागि सामग्री व्यवस्थापन अत्यन्त महत्वपूर्ण र चुनौतीपूर्ण कार्य भएको उनको भनाई छ । निर्वाचन कार्यालय जुम्लाका अनुसार मतदान सम्पन्न गर्न मतदान केन्द्रमा मतपत्र, मतपेटिका, छेकबारा, सुरक्षण सिलदेखि प्याकिङ सामग्री, ऐन, नियम, निर्देशिका, आचारसंहिता, अनुसूची फारम, जुटको बोरा, प्लाष्टिक थौला, कार्टुन बक्स, टिनका बाकस लगायत सामग्री आवश्यक पर्ने बताईएको छ । चौलागाँईका अनुसार चुनावमा प्रयोग हुने सामग्रीको विवरण अनुसार झण्डै ६६ वटा सामग्री प्रयोगमा आउने छन् ।

संवेदनशील सामग्रीमा मतदाता नामावली, मतपत्र, मतपेटिका बिर्को समेत, मतपेटिकाको सुरक्षण सील, स्टयाम्प प्याड, स्टयाम्प प्याड मसी, स्वस्तिक छाप र नमेटिने मसीलाई राखेको छ । मतपेटिका स्टिकर, कलम, मैनबत्ती, लाहा, खामदेखि धागो, सियो, कार्डदेखि टेबुल घडीसम्मको सामग्रीलाई कम संवदेनशील निर्वाचन सामग्रीभित्र आयोगले राखेको छ । आयोगले पुनःप्रयोगमा आउने र नआउने सामग्री भनेर वर्गीकरण गरेको छ ।

मटपेटीका, सुरक्षण सील, कैची, क्यालकुलेटर, म्याटसहित १६ वटालाई पुनः प्रयोग हुने र अन्यलाई पुनः प्रयोग हुन नसक्ने भनेको छ । निर्वाचन आयोगले निर्वाचन सामग्री जिल्ला पठाउने तथा कतिपय सामग्री जिल्ला निर्वाचन कार्यालयले आफैँले खरिद गर्न पाउने व्यवस्था गरेको छ । मतदान सम्पन्न गर्नका लागि सामान्य अर्थ राख्ने सामग्रीले विशेष महत्व पाउँछ ।

आयोगले निर्वाचन सामग्रीको अनुमान, प्राप्ति, भण्डारण र ढुवानी कार्यलाई व्यवस्थित गर्न विस्तृत कार्ययोजना नै बनाएको छ । मतदानका लागि आवश्यक सामग्रीमध्ये जिल्लामा हुने मतदान केन्द्रको संख्याका आधारमा हुने आयोगले जनाएको छ । कुल आवश्यक सामग्रीको २५ प्रतिशत सामग्री आयोगले जगेडा राखेको बताईएको छ ।