☰ open Loading... 3 May 2024|  

सरकारी कर्मचारीको रहस्यमय मृत्यु
  | १ मंसिर २०७४, शुक्रबार १२:३६

रमेश रावत
अछाम । अछाममा एक सरकारी कर्मचारिको रहस्यमय तरिकाले मृत्यु भयको छ । रामारोशन गाउपालिका स्थित पशु कार्यालय का नायव सुब्बा धनलाल उपाध्याय को आज बिहान ४ बजे मृत्यु भयको अछाम प्रहरीले जानकारी दिएकाे हाे ।

विहान ३ बजेतिर एकाएक नाकबाट रगत बगेपछी उपाध्यायका श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन ।  प्रहरी र स्वास्थ्यकर्मी पुग्दा उपाध्यायको मृत्यु भई सकेको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताए ।

बाजुराको बडिमालिका नगरपालिका ९ घर भयका ३७ बर्षिय उपध्याय मदिरा सेवन गरिरहने भयकाले मदिराकै कारण मृत्यु भएकाे हुन सक्ने आशंका गरिएको छ ।