☰ open Loading... 5 May 2024|  

विप्लव माअाेवादीका कार्यकर्ता पक्राउ
  | १ मंसिर २०७४, शुक्रबार २०:२५

सागर परियार

जुम्ला । हिमा गाउँपालिकामा अस्थित बुह प्रहरी चौकीकाले विप्लवका दुई जना कार्यकर्तालाई प्रकाउ गरेको छ । शुक्रबार दिउसो नेत्र विक्रम चन्दका दुईजना कार्यकर्तालाई प्रक्राउ गरिएको हो ।

हिमा गाउँपालिका ७ निवासी हैत बुढा र सोहि गाउँपालिका ५ निवासी कुल बहादुर शाहिलाई प्रहरी पक्राउ गरेको प्रहरी सहायक निरिक्षक चुडामणि पुनले जानकारी दिए ।

उनका अनुसार आसन्न मंसिर १० मा हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनमा कुनै अप्रिय घटना नहोस भन्ने उद्देश्यले अनुसन्धानका क्रममा हिमा गाउँमा प्रहरीमा नियन्त्रणमा लिएको पुनले बताए ।

निर्वाचन विरोधी गतिविधि हुन सक्ने भन्दै दुबै जनालाई निर्वाचन सकिन्जेलसम्म प्रहरी नियन्त्रणमा राखीने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लामा विप्लव नेतृत्वका पाटी नेताकार्यकर्ताले निर्वाचन विथोल्न कुनै अप्रिय काम नगरेपनि पुर्व सजकता बनाउनको लागि अनुसन्धानकै क्रममा दुई जनालाई प्रक्राउ गरिएको हो ।