☰ open Loading... 24 November 2024|  

जोडी होस् त नन्दप्रसाद र मनरुपाको जस्तो
  | ४ मंसिर २०७४, सोमबार १२:५०

लक्ष्मी भण्डारी
सुर्खेत । पति हिँडडुल गर्न नसक्ने, पत्नी आँखा नदेख्ने । कस्तो अनौठो जोडी । धेरैलाई लाग्न सक्छ, यो जोडीको त विजोग नै होला । तर, कुरा ठिक उल्टो छ । यो जोडी अद्भूत छ, अत्यन्त सफल छ, उदाहरणीय र अनुकरणीय छ । यिनलाई देखेर जो कसैले भन्न सक्छ, ‘जोडी होस् त मनरुपा र नन्दप्रसादको जस्तो ।’

पतिको नाम हो नन्दप्रसाद चौलागाईं, पत्नीको नाम हो मनरुपा । उनीहरु सुर्खेतको वीरेन्द्रनगर —१० बुदबुदेमा बस्छन् । ६२ वर्षिय नन्दप्रसादलाई हिँडडुल गर्न वैशाखी चाहिन्छ । तर, उनको मुख्य वैशाखी भने मनरुपा हुन् जो आँखा देख्दिनन् । अनि, मनरुपाको आँखा बनेका छन् नन्दप्रसाद । 

यिनको जीवन गाथा देखेर भन्न सकिन्छ, ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल ।’

जुम्लादेखि सुर्खेतसम्म

हरेक मानिसको जीवन गाथा आफैमा संघर्ष गाथा हो तर नन्द र मनरुपाको जीवन गाथा सामान्य संघर्ष गाथा जस्तो मात्र लाग्दैन ।

यी दम्पत्तिको संघर्ष गाथा सुरु हुन्छ जुम्लाबाट । दृष्टिविहिन मनरुपा र शारीरिक अपांगता भएका नन्दप्रसादले बिहे गरे । कठिन गरिबी बीचमा एउटा छोरा जन्मियो । पाल्ने कसरी ? यिनका अगाडि यो समस्या थियो । छोरा पाल्न शारीरिक रुपमा मात्र नभएर आर्थिक रुपमा पनि सबल हुन आवश्यक थियो । तर, पहिले त शारीरिक रुपमै सबल हुन आवश्यक थियो ।

त्यसपछि उपचार गराउन यो जोडि छोरा च्यापेर दुखजेलो गर्दै सुर्खेत आइपुग्यो । २०५२ सालको कुरा हो यो । महंगो उपचार गर्नु त परै जाओस्, खानाको पनि जोहो गर्न मुश्किल थियो । उनीहरु बीरेन्द्रनगरमा घासको झुपडी बनाएर बस्न थाले । जसोतसो छाक जुटाउन थाले । तर, भरपेट खान पाएनन् । त्योभन्दा पनि मुख्य कुरा, भविष्यको चिन्ताले सताउन थाल्यो ।

भोकले भन्दा भविष्यको चिन्ताले मानिसलाई धेरै सताउँछ । अनि, जो चिन्तामा जल्छ ऊ अघि बढ्न सक्दैन, जो चिन्तामा चिन्तन गर्छ उसैले जीवन बनाउँछ । यो दम्पत्ति चिन्तामा जलेन, चिन्तन गर्न थाल्यो ।

त्यो दिन

त्यसैबीच उनीहरुले एउटा साधारण खबर पाए । बीरेन्द्रनगर नगरपालिका र नेपाल नेत्रहिन संस्था मिलेर मिठाई राख्ने बट्टा बनाउने तालिम दिँदैछ । यो दम्पत्ति तालिम लिन गयो । तीन दिन तालिम लियो । त्यो तीन दिनको तालिम लिने कोको थिए उनीहरुलाई अहिले राम्रोसँग याद पनि छैन तर उनीहरुको जीवन फेरियो त्यही तालिमले ।
तालिम लिएपछि उनीहरुले स्थानीय विभिन्न छापाखानाहरुमा गएर थोत्रा कागज भेला गरेर बट्टा बनाउने प्रयास थाले । तर, त्यो प्रयासले मात्र पुग्दैनथ्यो । तर, उनीहरुले यो काममै आफ्नो भविष्य देखेका थिए । त्यसपछि नन्दप्रसाद भारत गए । बट्टा बनाउने थप तरिका सिके । अनि फर्किएर बट्टा उद्योग थाले ।

उनीहरु मिठाई पसलहरुमा गएर मिठाईका बट्टा बेच्थे ।

यो दिन

आज यो दम्पत्तिको आफ्नै घर छ । यही घरमा बट्टा बनाउने सानो उद्योग छ । एकजना आँखा नदेख्ने र अर्काेजना खुट्टा नचल्ने दम्पत्तिले बनाएको यो घर र सानो उद्योग बाहिरबाट हेर्दा सधारण देखिएला तर हरेक मानिसका लागि प्रेरणाको स्रोत हुनसक्छ ।

आज उनीहरु आरामसँग यो घरमा निदाउँछन् । सुर्खेत आएपछिका ती दिन सम्झँदै उनीहरु भन्छन्, ‘वरिपरी भट्टे (घाँस) ले बारेको सानो झुपडी थियो । पानी चुहिने भएकाले वर्षायाममा कहिल्यै ओभानोमा सुत्न पाउँदैनथ्यौं । छिमेकीहरुले दाल चामल दिन्थे र हामी खान्थ्यौ, कहिले भोकै पनि बस्नुपथ्र्याे ।’

अब ती दिन रहेनन्, यी दिन आए । यी दिनको वर्णन गर्दा अर्काे एउटा खुसीको कुरा पनि थपिहालौं । जुम्लाबाट बोकेर ल्याएको ती बालक छोरा आज लक्का जवान भएको छ र काठमाडौंमा व्यापार गरेर बस्छ । कान्छा छोरा साथमै छ र १२ कक्षा पढ्छ ।

ओहो, यी दम्पत्तिले गुजारा मात्र गरेनन्, घर मात्र बनाएनन्, दुईजना छोरालाई पढाए, सक्षम बनाए । यो अपूर्व सफलतामा दुःखको एउटा ग्रहण पनि छ । त्यो हो, कान्छी छोरी सुस्त मनस्थितिकी छिन् । तैपनि उद्योगमा बाआमालाई सघाउन सक्षम छिन् ।

र, अर्काे कुरा पनि थपौं, अहिले उनीहरु मिठाई बेच्न कतै जाँदैनन् । घरमै बट्टा किन्नेहरु आउँछन् । आरामसँग चलेको छ सानो उद्योग । मासिक नौ हजार रुपैयाँ जतिको उपचार खर्च समेत यही उद्योगले पुराएको छ ।

यति मात्रै होइन

उनीहरुले बस्ने मुडा पनि बनाउने गरेका थिए तर आजकाल माग धेरै छैन ।

शारीरिक रुपमा सक्षम मानिसहरुलाई रोजगार पनि दिएका छन् । उद्योगमा काम गर्दै गरेकी लक्ष्मी सुनार भन्छिन्, ‘म पनि काम सिकौं अनि केही कमाउँ भनेर यहाँ आएकी ।’
346
Shares
लक्ष्मी भण्डारी, सुर्खेत२०७४ कार्तिक २६ गते १७:१७

पति हिँडडुल गर्न नसक्ने, पत्नी आँखा नदेख्ने । कस्तो अनौठो जोडी । धेरैलाई लाग्न सक्छ, यो जोडीको त विजोग नै होला । तर, कुरा ठिक उल्टो छ । यो जोडी अद्भूत छ, अत्यन्त सफल छ, उदाहरणीय र अनुकरणीय छ । यिनलाई देखेर जो कसैले भन्न सक्छ, ‘जोडी होस् त मनरुपा र नन्दप्रसादको जस्तो ।’

लक्ष्मी सहित तीनजनालाई यी दम्पत्तिले रोजगार दिएका छन् । स्थानीय मिठाई पसलहरुलाई पनि यो उद्योगले ठूलो गुन लगाएको छ । जिल्ला बाहिरबाट मिठाईका बट्टा ल्याउन नपरेपछि आफूहरुलाई पनि सजिलो भएको वीरेन्द्रनगरमा मिठाई व्यवसाय गर्दै आएका व्यापारी रुपक पौडेल बताउँछन् ।

भारतको रुपैडिया बजारबाट कागज ल्याएर उनीहरुले एक पाउ, आधा केजी र एक केजी मिठाई राख्ने बट्टा बनाउँछन् । माग अनुसार अरु विभिन्न किसिमका बट्टा पनि बनाउँछन् । उनीहरुले बनाएका बट्टा वीरेन्द्रनगर बाहेक छिन्चु, गुर्भाकोट, भेरीगंगा नगरपालिका लगायतका बजारमा जान्छन् ।

नन्दप्रसाद कागज काट्छन् र मैदा पकाएर लगाउँछन् भने नन्दरुपा बट्टा प्याक गर्छिन् । मिठाईको बट्टा बनाउँदा मात्र होइन भित्र भान्साको काममा पनि दुवै एकअर्काेको साहारा भएको छ यो जोडी ।

नन्दप्रसाद भन्छन्, ‘श्रीमतीले ह्वीलचियर धकेल्छिन्, म उनलाई डोर्याउँछु, उनी चामल ल्याउँछिन्, म भात पकाउँछु । यसरी नै चलेको छ हाम्रो जिन्दगी ।’