☰ open Loading... 3 May 2024|  

सिम्ताको विकासमा प्रतिबद्ध छाैं : विष्ट
  | ४ मंसिर २०७४, सोमबार १७:०७

सुर्खेत । आफुले जिते सिम्ता क्षेत्रको विकास छोटो समयमा गरी छाड्ने बामगठबन्धन प्रदेश सभा क्षेत्र नम्वर १ का उम्मेदवार ठम्मर बिष्टले दावि गरेका छन । विष्टले सिम्ता क्षेत्र विकासका हिसावले धेरै पछाडी परेकोले आफुले चुनाब जिते सिम्ताको विकासलाई पहिलो कार्ययोजनामा राख्ने दावी गरे ।

बाम गठबन्धनले सिम्ता गाउँपालिका वडा नम्वर ९ खानिखोलामा सोमवार आज गरेको चुनावी भेलालाई सम्बोधन गर्दै विष्टले यस्तो बताएका हुन । काँग्रेस तर्फ संकेत गर्दै विष्टले विगत देखि अहिले सम्म चुनाव जितेर आएका पार्टिले सिम्तामा केहि गर्न नसकेको भन्दै अहिले पनि विकासको नाममा भ्रम झरेर भोट माग्नेहरु देखि सचेत रहन मतदाता लाई आग्रह गरे ।

उनले मुलकमा नयाँ अध्यायबाट समाजबाद स्थापना हुने भन्दै बामगठबन्धनले जित्नु अपरिहार्य रहेको जिकिर गरे । २०४६ सालबाट विकास गर्छु भनेर जनताले जिताएका नेताले सिम्ताली जनताको मतको अपमान समेत गरेको आरोप लगाए ।

आफुले निर्वाचित भएको १ बर्षमै सिम्ताका जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । सभामा बामगठबन्धनका चुनाबी कमान्डर ऐन बहादुर चन्दले आफुहरुको २ जित निश्चित भएको दावी गर्दै देशमा स्थायी सरकार स्थापना गरि सम्बृद्धतर्फ मुलुकलाई लैजान बाम गठबन्धनको जित आवह्यक रहेका औल्याए ।

सभालाई सम्बोदन गर्दै समानुपातिक उम्मेद्वार सिता नेपालीले मुलुक भैरहेको राजनितिक अस्थिरतालाई अन्त्य गर्न बाम गठबन्धनको उदय भएकाले समाजबाद स्थापित गरेर मुलुमा नयाँ राजनितिक परिवर्तनको शुरुवात गरेको बताईन । यसैविच गठबन्धनले सिम्ता गाउँपालिकाको वडा नम्वर ८ डाडाँखालीमा पनि चुनावी भेला सम्पन्न गरेकाे थियाे ।