Loading... 16 October 2018|   मङ्लबार, अशोज ३०, २०७५

जनमोर्चाको घरदैलो अभियान

  |

सुर्खेत । आगामी दोस्रो चरणमा सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागी राष्ट्रिय जनमोर्चा सुर्खेतले प्रचारात्मक अभियान सञ्चालन गरेको छ । जनमोर्चा सुर्खेतले क्षेत्र नं २ को वीरेन्द्रनगरको २ र ३ नं वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य एवं प्रदेशसभा समानुपातिक उम्मेदवार रत्नविक्रम राना प्यासी, समानुपातिक उम्मेदवार  राजकुमारी सुनार, प्रतिनिधि सभा उम्मेदवार कृष्णाकुमारी रावल, प्रदेशसभा क का उम्मेदवार युवा नेता जीवन शाही लगायत नेता कार्यकर्ताहरुले जनताको घरदैलोमा पुगी जनमोर्चाका उम्मेदवारलाई जित गराउन आग्रह गरेका छन  । अन्य पार्टीले पटकपटक जितेपनी समृद्ध सुर्खेत निर्माणको नाम भजाउने मात्र काम गरेको शाहिले बताए ।

प्रकाशित मितिः सोमवार, मंसिर ४, २०७४     5:48:17 PM
error: Content is protected !!