☰ open Loading... 17 May 2024|  

नमुना मतदानले दियो चुनावको झल्को 
  | ५ मंसिर २०७४, मंगलवार १६:३५

मतदानस्थल वरिपरि प्रहरी । लस्करै मतदान कर्मचारीहरु । लाईनमा मतदाताहरुको मतदान तयारीको लागि उत्साहपूर्ण लाईन । त्यहाँ पुग्ने जो कोही झस्कने । साँच्चै चुनाव पो भएको हो पुग्ने झस्कदै मुखबाट शब्द निस्कन्थ्यो ।

चुनावकै झल्को दिनेगरि मंगलवार जिल्ला निर्वाचन कार्यालयले नमुनाको रुपमा दैलेखको नारायण नगरपालिका – ७ किमुगाउँमा नमुना मतदान भएको छ । मतदानमा स्थानीयहरु सहभागी भए ।

चुनावको झल्को दिने गरि नमुना मतदान हुदाँ स्थानीय दंग थिए ।

जिल्ला निर्वाचन अधिकृत भक्तबहादुर कार्की नमुना मतदान गराउन आफै सहभागी भएर खटिएका थिए । ५३ जना नमुना मतदान गरेका थिए जसमा प्रतिनिधि सभामा ४ मत बदर भएको जनाईएको छ ।

समानुपातिकमा २ बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै जिल्लाका सुरक्षा प्रमुखहरु सहभागी थिए ।