☰ open Loading... 19 April 2024|  

जुम्लाका सबै मतपेटिका सदरमुकाम ल्याइयाे
  | ११ मंसिर २०७४, सोमबार १८:२७

सागर परियार,
जुम्ला । जुम्लाका ७६ मतदान स्थलका ९० वटा मतदान केन्द्रका सबै मतपेटिका जिल्ला सदरमुकाम खलंगा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईपुगेका छन् सदरमुकाम आसपासका मतदान केन्द्रबाट आइतबार राति नै मतपेटिका सदरमुकाम ल्याइएको थियो ।

बाँकी भौगोलिक हिसाबले टाढा रहेका मतदान केन्द्रबाट आज मतपेटीका सदरमुकाम ल्याएर सकिएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।

उनका अनुसार ९० वटै मतदान केन्द्रबाट आएका मतपेटिका रुजु गरी कडा सुरक्षाका साथ राखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाका साथ राखिएको र मतगणना मंसिर २१ गते बेलुका ५ बजेबाट सुरु गर्ने निर्वाचन आयोगले कार्यतालिमका तयार गरे अनुसार जुम्लामा गणना शुरु उनले बताए ।

जुम्लामा शतप्रतिशत मत खस्न सकेन उनले भने, सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भयो, कामको खोजीमा भारत जानेहरुको संख्या धेरै रहेकाले पनि बढि ३० प्रतिशत मत नखसेको अनुमान छ ।

हिजोसम्म निर्वाचनमा जुम्लामा ७० दशमलव ४ प्रतिशत मात्र मत खसेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । जुम्लामा ५९ हजार ५८ जना मतदाता मध्य ४१ हजार ५ सय ८० मत खसेको हो । २२ हजार ७ सय १८ जना महिला र १८ हजार ८ सय ६२ जनाले मतदान गरेका छन् ।

जुम्लामा स्थानीय तहको निर्वाचन भन्दा १० प्रतिशतले कम भोट खसेको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले बताए । उनले भने स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत मत खसेको थियो ।

मतदाता व्यापार व्यवसायीका लागि जिल्ला बाहिर गएका र चिसोको कारणले पनि मतदान गर्न नगएको स्थानीयको बुझाई छ । अहिले मत पेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाका साथ राखिएको छ ।