☰ open Loading... 2 May 2024|  

फर्जी मत खसालेको आरोप, मुख्य निर्वाचन कार्यालयमा उजुरी
  | ११ मंसिर २०७४, सोमबार १८:३०

सागर परियार
जुम्ला । जुम्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ सिजा क्षेत्रको रोकायवाडा प्राथमिक विद्यालयको मतदान केन्द्रमा एमाले कार्यकता तथा उम्मेदवारले फर्जी मत खसालेको आरोपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जुम्लमा उजुरी परेको छ ।

नेपाली काँग्रेसका प्रतिनिधि सभाको उम्मेदवार देवेन्द्र शाहीले उक्त मतदान केन्द्रमा एमालेले फर्जी मत खसालेको भन्दै मंसिर १० गते मुख्य निर्वाचन अधिकृतको कार्यालय, जुम्लामा उजुरी गरेका हुन् ।

उक्त मतदान केन्द्रमा चार सय बढी फर्जी मत खसालेपछि काँग्रेसका आरोप छ । एमालेका कार्यकर्ता तथा एजेण्डले जिल्ला बाहिर रहेका, वृद्ध तथा अन्य मतदान स्थलमा नभएका व्यक्तिको परिचयपत्रबाट मतदान गरेपछि काँग्रेसले बहिस्कार गरेको उम्मेदवार शाहीले बताए । उनले भने उजुरीका विषयमा हामी प्रमाण जुटाउदै छौँ । मरेका मान्छेका नाममा समेत मतदान गरिएको छ ।

फर्जी परिचय पत्रको प्रयोग गरेर मतदान भएको भन्दै मतदान अधिकृतलाई जानकारी गराएर परिचय पत्र जिम्मा लगाए पनि पुनः परिचय पत्र खोसेर मतदान गरेको काँग्रेसका तर्फबाट प्रतिनिधि बसेका महेन्द्र हमालले बताए ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ सिजा क्षेत्रका वाम गठवन्धनका उम्मेदवार पदम रोकायाले आफु कमजोर भएपछि विभिन्न हतकण्डा गर्ने गरेको बताए । उनले भने त्यो एकदम निरआधार कुरा हो । उक्त मतदान केन्द्रका जम्मा १ हजार ४३ मत हुन् त्यसमा ९ सय ३ मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगनाले फर्जी मतका विषयमा नेपाली काँग्रेसको तर्फबाट लिखित जानकारी भने कार्यालयलाई आएको छ तर त्यो उजुरीको फरम्याडमा भने नभएको बताए । उनले भने यदि त्यो मतदान केन्द्र फर्जी मतको विषयमा मतदान अधिकृतलाई त्यतिवेला नै उजुरी गर्नुपर्ने हो त्यसो भएको पनि देखिदैनन् ।

कार्यालयमा आएको लिखित जानकारीका विषयमा कानुनी आधारमा टुंङगो लगाउने उनले बताए । निर्वाचन आचार संहिता उलंघनबारे शुन्य उजुरी परेको जुम्लामा हिजो मतदानमा फर्जी मत हालेको भन्दै सोमबार एक एकमात्र उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।