☰ open Loading... 21 May 2024|  

नेपाली सेना सवार गाडी दुर्घटना, १४ घाइते २ काे अवस्था गम्भीर
  | १२ मंसिर २०७४, मंगलवार २१:१०

अछाम । नेपाली सेनाको गाडी मंगलबार बेलुकी साँफेबगर मंगलसेन सडक खण्डकाे तिमिल्सेनमा पल्टिदा १४ जना घाइते भएका छन । घाइते मध्य दुइको अवस्था गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ ।

निर्वाचनमा बाजुरा खटिएको सेनाकाे टाेली साफेहुँदै मंगलसेन जादै गरेको लु १ ग २७८ नम्बरको ट्रक मंगलबार बेलुकी ७ बजेतिर तिमिल्सेनको ओरालोमा पल्टिएको हो ।

गुड्दै गरेको बेला ब्रेकफेल हुँदा चालकले गाडी सडक किनारामा पल्टाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

घाइतेको प्रहरीले उद्दार गरेर उपचारका लागि अछामकै बयलपाटा अस्पतालमा पुर्याएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिएका छन ।