सुर्खेत । मुगुबाट सुर्खेततर्फ अाइरहेकाे जीप कालिकाेटमा गएराती दुर्घटनाहुँदा तीन जनाकाे मृत्यु भएकाे छ । ६ यात्रु घाइते छन् । मुगुमा डेलिभरी हुन नसेकेका मायालक्ष्मी मल्ललार्इ थप उपचारका लागि सुर्खेत ल्याउँदै गरेकाे लु २ च २००३ नम्बरकाे जीप कर्णाली राजमार्ग अन्तरगत सुर्खेत नाग्म सडक सडक खण्डकाे कालिकाेटकाे अस्पताल माेडबाट खसेकाे थियाे ।
दुर्घटनामा मृत्यु हुनेमा मुगुका नरविक्रम मल्ल, जुम्लाका येदुराज न्याैपाने र ठेगाना नखुलेका जयरूप वुमी रहेकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटका डिएसपी सुवास बाेहाेराले जानकारी दिए । उनका अनुसार जीप झण्डै चारसय मिटर तल खसेकाे छ ।
दुर्घटनामा इद्रप्रसाद थारू गम्भीर घाइते भएका छन् । डेलिभरीका लागि रिफर गरिएका मायालक्ष्मी मल्लकाे अवस्था भने सामान्य रहेकाे डिएसपी बाेहाेराकाे भनाइ छ । घाइतेहरूकाे जिल्ला अस्पताल कालिकाेटमा उपचार भइरहेकाे छ । दुर्घटनाकाे कारण भने खुलेकाे छैन् ।