☰ open Loading... 30 April 2024|  

हतियार उठाउनुभन्दा बहसमा अाउन विप्लवलार्इ महराकाे अाग्रह
  | १३ मंसिर २०७४, बुधबार १९:२७

पार्वती बस्नेत
दाङ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवलाई हतियार उठाउनुको कारणबारे बहसमा आउन अपिल गरेका छन् ।

प्रेस सेन्टर र प्रेस चौतारी दाङले बुधबार विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व लडाकु कमाण्डर समेत रहेका पुनले चन्दलाई हिजो सँगै हतियार उठाएका मित्रले अहिले गलत समयमा फेरी हतियार उठाएको भन्दै गुनासो गरे ।

‘हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौं तर अहिले यही संविधानबाट समाजवाद्, साम्यवाद्सम्म पुग्न सकिने ठाउँ छ । हतियार गलत तरिकाले प्रयोग गर्दा भोलि तिनै कार्यकर्ताले नेतालाई नै सिध्याइदिने खतरा हुन्छ ।’

‘विप्लवजीको हतियार अराजकता र अपराधिकरणका लागि प्रयोग हुन थालेको छ । उहाँका गतिबिधि आपराधिक र अराजनीतिक भैरहेका छन’ पुनले भने,‘हिजो जनयुद्धमा आमसभामा कतै बम बिस्फोट भएको थिएन तर अहिले सभाबाट बम हान्न शुरु भएको छ । यो राजनीतिक काम भएन ।’

सरकारले बम पड्काएर मान्छे मार्दा पनि केही गर्न नसकेकोमा पुनले आक्रोश व्यक्त गरे । ‘राज्य पनि आपराधिक क्रियाकलापमा गम्भिर हुन सकेको छैन ।

राज्य पनि राज्य जस्तो हुन सकेन,’ उनले भने,‘हरेक व्यक्ति निर्भयताका साथ चुनावमा सहभागी हुन पाउने अवस्था राज्यले सिर्जना गर्नुपर्छ । विस्फोट गराउने पक्षलाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार तयार हुनुपर्छ ।’