☰ open Loading... 29 March 2024|  

अध्यक्षले मत आर्कषित गर्न प्रयोग गरे, डोजर
  | १४ मंसिर २०७४, बिहीबार १५:१४

दैलेख – डुगेश्वर गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष राजु केसीको निर्देशनमा मत प्रभावित पार्न रातारात डोजर प्रयोग गरेको पाईएको छ । चुनावको मुखमै अध्यक्ष केसीको निर्देशनमा रातदिन डोजर चलाएको स्थानीयले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारीबाटै रोक्न निर्देशन भएपछि रोकेको जनाईएको छ ।

डुंगेश्वर गाउँपालिकाको वडा नम्वर – २ को सेर्माकोट देउली जाने सडक निर्वाचन आचार सहिताको ख्यालै नगरि अध्यक्ष केसीले खन्न लगाएका स्थानीयहरु बताउँछन् ।

उनी एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

आफुले खनेपछि सिडिओ सापले बन्न गर्न भनेपछि रोकिएको अध्यक्ष केसीले स्विकारे ।

स्थानीयहरुले विरोध गरेपछि वडा अध्यक्षले लगाएको डोजर रोकिएको जनाईएको छ ।