☰ open Loading... 3 May 2024|  

दाङमा निर्वाचनकाे तयारी अन्तिम चरणमा
  | १५ मंसिर २०७४, शुक्रबार १८:०६

दाङ । दोश्रो चरणमा ४५ जिल्लामा हुन थालेको प्रदेश र प्रतीनीधी सभाको निर्वाचन अन्तरगत दाङ जिल्लाको तयारी अन्तिम चरणमा पुगेको दाङ जिल्लाका मुख्य निर्वाचन अधिकृत दाङ देउखुरीका मुख्य न्यायधिस हेमन्त रावलले बताए ।

तिन क्षेत्र रहेको दाङ जिल्लामा यहि (मंसीर) १८गतेसम्म कर्मचारी मतदानस्थलमा पुगिसक्ने मुख्य न्याधिस हेमन्त रावलले बताएका छन् । दोस्रो चरण अन्तर्गत यही मंसीर २१ गते दाङ सहीत ४५ जिल्लामा प्रदेश र प्रतीनीधी सभाको निर्वाचन हुदै छ ।

पहिलो चरणको निर्वाचनका समयमा आचार संहीता उलङघनका घटनाहरु प्राय अधिकांस जिल्लामा भैरहेको खवर आएता पनि दाङ जिल्लामा भने आचार संहिता उल्लघनका घटनाहरु कम आयको रावलले बताए ।

साथै उल्लघनका घटनाहरु उजुरीका रुपमा आयतापनि ति आपसी समझदारीमा सम्झाई बुझाई गरी फेरी आचार संहिता उल्लघनका घटनाहरु नदोह्याउन उम्मेदवारहरुलाई अनुरोध गरको निर्वाचन अधिकृत रावलले बताए ।

 उच्च सामाजिक छबि बोकेका राजनितिक दलहरुलाई नै निर्वाचन आयोगले स्पटीकरण माग गर्नु पनि कार्वाहीको एउटा स्वरुप रहेको निर्वाचन अधिकृत रावलले बताए ।

यसपटकको निर्वाचन आउनुपुर्व नै हुने आमसभामा पनि मतदाता तर्साउने खालका गतिबिधिहरु भयकाले पनि मतदानका दिन बिशेष सुरक्षा रणनिति तय गरिएकाले निर्धक्ताका साथ समयमा नै आफनो मताअधिकार सुरक्षित गर्न आउनका लागी आम नागरिकहरुमा निर्वाचन अधिकृत रावलले अनुरोध गरे ।