☰ open Loading... 3 May 2024|  

सुर्खेतको रानीवासमा बम भेटियो, सेनाको टोली घटनास्थलमा
  | २० मंसिर २०७४, बुधबार १८:४८

सुर्खेत । वीरेन्द्रनगरदेखी उत्तरपूर्वमा पर्ने चिङ्गाड गाउँपालिका–२ रानीवासस्थित नाङ्गीडाँडामा बम भेटीएको छ । रानीवासकाे जनता मावि र रजेनाकाे पाखापानी मतदान केन्द्रदेखी तीन किलोमिटरको दुरीमा तीन स्थानमा तार तानीएकाे अवस्थामा प्रेसर कुकुरमा वम फिट गरिएकाे अवस्थामा भेटिएको ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजकुमार खिउँजुले जानकारी दिए ।

वम भेटिएको स्थानमा नेपाली सेनाको टोली पुगिसकेको छ । डेटोनेटर फिट गरेको तीनै स्थानमा कुकुर देखिएको खवर आएको प्रवक्ता खिउँजुको भनाई छ ।

उनले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको र डिस्पोजका लागि नेपाली सेनाले तयारी थालेको बताए । बुधबार विहान १० बजेतिर वम भेटिएको हो । तर घटनास्थलमा ६ बजे मात्रै नेपाली सेनाकाे डिस्पाेजल टाेली पुगेकाे छ ।