☰ open Loading... 3 May 2024|  

अाकस्मिक वाम गठबन्धन र केही अाफ्नै प्राविधिक कारणले चुनाव हारियाे : कांग्रेस
  | २६ मंसिर २०७४, मंगलवार १८:०४

सुर्खेत । कांग्रेस नेताहरुले निर्वाचित सकिएपछि अव अहिल्यैबाट पार्टी सुदृढिकरणमा लाग्न तल्लो तहदेखि माथिल्लो तहसम्मलाई निर्देशन दिएका छन् । मंगलवार कांग्रेस सुर्खेत पार्टी कार्यालयमा बसेको चुनावी समीक्षात्मक बैठकमा कांग्रेसका नेता एवं प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले संयुक्तरुपमा सो निर्देशन दिएका हुन् । उनीहरुले आपसी तिक्तता त्यागेर पार्टी सुदृढिकरणमा लाग्न जोड दिएका छन् ।

बैठकमा बोल्दै कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले यसपटकको निर्वाचनमा कांग्रेसले प्राविधिक कारणले पराजित भएको भन्दै नेता कार्यकर्ताहरुलाई रत्तिभर विचल्लित नहुन पनि सुझाव दिए ।

चुनावको मुखमा वामगठवन्धन गरिएका कारण केही प्राविधिक कारणले मात्र हारेको टिप्पणी

सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका उनले निर्वाचन सकिएलगत्तै अहिल्यैदेखि पार्टी सुदृढिकरण, विस्तार तथा निर्माण र जनताको सेवामा खटिन, टोलसमिति, वडा समिति, गाँ“ समिति, नगर समिति, जिल्ला समिति र केन्द्रीय समितिलाई निर्देशन समेत दिएका छन् ।

उनले चुनावको मुखमा वामगठवन्धन गरिएका कारण केही प्राविधिक कारणले मात्र हारेको टिप्पणी गर्दै मतलाई आधार मान्दा कांग्रेस अझै लोकप्रिय पार्टी रहेको उल्लेख गरे ।

यस्तै कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले जनताले दिएको अभिमतलाई स्वीकार्दै निर्वाचनको पछिल्लो परिणामबाट नआत्ति संगठन विस्तार सुदृढिकरणमा थप क्रियाशील हुन सुझाव दिए ।

उनले आपसी तिक्तता त्यागेर अहिल्यैदेखि संगठनमा सक्रिय र क्रियाशील हुन पनि जोड दिए । कांग्रेस सुर्खेतका सभापति एवं प्रदेशसभा उम्मेदवार कमलराज रेग्मीको अध्यक्षतामा भएको बैठकमा पूर्वमन्त्री एवं पूर्व केन्द्रीय सदस्य शिवराज जोशीले पनि जनतालाई हरेस नखान आग्रह गरे ।

बैठकले निर्वाचनमा बिजयी हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यहरुलाई बधाई दिदैं निर्वाचनमा सहयोग गर्ने निर्वाचन अधिकृत, सुरक्षाकर्मी, पर्यवेक्षक, पत्रकार, कर्मचारी, प्रशासन तथा सम्पूर्ण जनताप्रति धन्यवादसमेत दिएको छ ।