☰ open Loading... 20 April 2024|  

‘महावु हुँदै कालिकोट जाेड्ने सडकलार्इ प्राथमिकतामा राख्छु’
  | २७ मंसिर २०७४, बुधबार १३:०७

नाम : अम्मरबहादुर थापा
उमेर : ६१ वर्ष
पद : प्रदेश सदस्य
विजयी भएको जिल्ला र प्रदेश : दैलेख १ ख प्रदेशसभा
शैक्षिक योग्यता : अर्डर एसएलसी
अावद्ध राजनीतिक दल : नेकपा एमाले


विगतको पृष्ठभूमि : २०२८ सालदेखी वडा अध्यक्ष पगनाथ गाविसको वडा अध्यक्ष विजयी भए । मजदुर किसान पाटी त्यसपछि उपप्रधानपन्च २०३५ सालमा भई काम गरेका थापा जिल्ला पंचायत २०३९ सालमा सदस्य भए । २०४२ बाम विचार बोकेका थापा २०४३ राष्ट्रिय पंचायतमा जनसेवाबाट बामपन्थी विचारबाट लडेर हार ब्यहोरे । २०४९ सालमा स्वतन्त्र बामबाट चनाव जिविस सदस्य भए । २०४८ सालमा एमालेको राजनिति सुरु गरेका थिए । २०५१ साल एमालेको पार्टी उपसचिव हुँदै २०५४ मा पार्टी प्रमुख भएर २०७१ सम्म काम गरे । २०६४ मा निर्वाचन क्षेत्र नम्वर १ संविधान सभा सदस्यमा पराजय भोगेका थापा २०७० मा दोस्रो पटक जित हासिल गरेका थिए । अहिले प्रदेश कमिटि सदस्य भएर काम गरेका छन् ।

१) विजयी भएपछि कस्तो अनुभव भएको छ ?
– निकै खुसी अनुभुती भएको छ । जनतामा खुसी र विश्वास भएर मलाई विजयी गराए । जनताको चाहना अनुसार मैले अनुभुती हुने खालको काम गरेर देखाउने जिम्मेवारी छ । जिम्मेवारी बोध गरेको छु ।

२) तपाइले आफ्नो जिल्ला/क्षेत्रको कासका लागि तत्काल गर्ने तीनवटा काम के–के हुन ?
–महावु सडक हुँदै कालिकोट र नौमुले जुनी सडक हुँदै जाजरकोट सडकमा गाडी गुडाउने, नारायण नगरपालिकालाई शहरीकरणमा ध्यान दिने र सवै क्षेत्रमा पूर्वाधारमय बनाउने र रोजगारीका अवसरहरु प्रयाप्त बनाउनेछु ।

३) मतदातालाई तपाइ के भन्न चाहनुहुन्छ ?
–सवै मतदाता धन्यवाद दिन चाहन्छु । शान्तिपूर्ण निर्वाचन गराएको सवै पक्षलाई एकमुष्ट बधाई तथा धन्यवाद दिन चाहन्छु । मैले चुनावी सभामा बोलेका कुरा ५ वर्षभित्र महशुस हुने गरि विकासका योजनाहरु गाउँटोलमा पुराउने विश्वास दिलाउँछु ।