☰ open Loading... 3 May 2024|  

प्रदेश ५ काे राजधानी दाङमै हुन्छ सांसद् पाेखरेल
  | २७ मंसिर २०७४, बुधबार १८:१९

पार्वती बस्नेत
दाङ । प्रदेश नम्बर ५ को राजधानी दाङबाहेक अन्य कुनै पनि विकल्प नभएको भन्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेससभा सदस्य शंकर पोखरेलले दाङलाई तत्तकाल राजधानि तोक्न सरकारसँग माग गरेका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर दाङले आज घोराहीमा गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेता पोख्रेलले ‘ सरकार नैतिकताका आधारमा कामचलाउ भैसकेको बताउदै काम चलाउ सरकारले प्रदेश राजधानी तोक्न सक्ने बताउनुभयो भने प्रदेश प्रमुख अव नयाँ सरकारले जिम्मा लिने उनको भनाई थियो ।

उनले चुनावमार्फत नयाँ जनादेश आएको र सरकार गठनको संघारमा रहेकोले प्रदेश प्रमुखसहित दीर्घकालीन प्रभाव राख्ने नियुक्ती यो सरकारले तोक्न नसुहाउँने बताए ।

मुख्य मन्त्रीमा बाम गठबन्धनका अन्यले पनि दावि गरेका छन ? भन्ने प्रश्नको उत्तर दिँदै सांसद पोख्रेलले दावि गर्नु स्वभाविकै हो,तर मेरो भन्दा अन्य कुनै विकल्प नै छैन नेता पोख्रेलले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेता पोख्रेलले दाङ नै प्रदेश नम्वर पाँचको राजधानी हुने दावि गरे ।  कार्यक्रममा बोल्दै नेता पोख्रेलले जनताले आफनो मताधिकार प्रयोग गरेर प्रमाणित गरेका छन अव मुलुक विकासको पथमा अघि बढदै जानेछ देश बिकासको नेतृत्वगर्ने अधिकार बामगठबन्धनलाई दिएको बताउदै उनले छिमेकी मुलुक चीन र भारतसँग सधै नेपालको समदुरीको सम्बन्ध हुनु पर्ने उल्लेख गरे ।

उनले कसैलाई नजिक देख्ने र कसैलाई टाढा देख्ने प्रवृतिको समेत यो निर्वाचनले अन्त्य गरेको समेत पोख्रेलले दावी गरे । उनले अव केन्द्र र ६ वटा प्रदेशमा बामपन्थीको सरकार बन्ने निश्चित भएको वताए ।

‘अव २ नम्बर प्रदेशबाहेक सवै ठाउँमा हाम्रो सरकार बन्ने निश्चित भएको छ’ पोख्रेलले भने ‘ अव मुलुक विकासमा अघि बढछ ।’ उनले प्रदेश न २ मा केही सुधारको आवश्यक भएको समेत वताएका नेता पोख्रेलले,संविधान निर्माणसँगै जनताले अधिकार प्राप्त गरेको भन्दै अव मुलुक विकास र संवृद्धिको यात्रामा जाने वताए ।  उनले निर्वाचन सफल बनाउन भूमिका खेल्ने सवैमा आभार समेत व्यक्त गरे ।

प्रेस चौतारी दाङका अध्यक्ष टिका बस्नेतको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो । चौतारी दाङका उपाध्यक्ष संगीत बस्यालको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजिकरण पे्रस सेन्टर दाङका सचिव पाण्डव शर्माले गरेका थिए ।