☰ open Loading... 29 March 2024|  

समाजसेवी जयन्तीद्धारा न्यानो कपडा वितरण
  | २९ मंसिर २०७४, शुक्रबार १६:३३

सुर्खेत । अमेरीकामा बसोबास गर्दै आएकी समाजसेवी जयन्ती थापाले वीरेन्द्रनगरका बालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेकी छन् । स्वर्गीय ससुरा भिमबहादुर चन्दको स्मृतिमा समाजसेवी थापाले सिद्ध बहिरा बालक स्कुलका ४० जना बालवालिकालाई न्यानो कपडा वितरण गरेकी हुन् ।

शुक्रवार एक कार्यक्रकाबीच थापाका बुवा धर्मजंग थापा र आमा पार्वती थापा मार्फत न्यानो कपडा वितरण गरिएको हो । उक्त विद्यालयका चारदेखि आठ कक्षाका बालवालिकालाई न्यानो कपडा स्वीटर वितरण गरिएको हो ।

सो विद्यालयमा अध्यनरत आर्थिक अवस्था कमजोर रहेका बहिरा बालवालिकालाई मध्यनजर गरि न्यानो कपडा उपलब्ध गराएको टेलिफोन सम्पर्कमार्फत समाजसेवी थापाले जानकारी गराइन् ।

कार्यक्रममा न्यानो कपडा वितरण गर्दै समाजसेवी थापाका बुवा धर्मजंग थापाले छोरीको समाजसेवामार्फ विपन्न बालवालिकालाई न्यानो कपडा वितरण गर्ने कामलाई आफुले सहजिकरण गरिदिएको बताए ।

‘छोरीले विपन्न बालवालिकालाई न्यायनो कपडा वितरण गर्ने चाहना देखाइन्’ उनले भने, ‘छोरीको समाजसेवी कामलाई म पनि साथ दिन्छु भनेपछि यो कार्यक्रम गरिएको हो ।’ छोरीले यस अघि पनि यस्ता थुप्रै समाजसेवी कामहरु गरेको उनले जानकारी गराए ।

कार्यक्रममा सिद्धबहिरा बालक स्कुल व्यवस्थापन समितिका अध्यक्ष लोमन बुढाले जयन्तीले गरेको समाजसेवाको कामलाई प्रसंसा गरे । यस्ता खालका समाजसेवी काममा सबैको ध्यान जानुपर्ने उनको भनाई थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहभागीता रहेको थियो ।

सोही कार्यक्रममा न्यू प्रभात स्टेशनरीका संचालक कमल नेपालले विद्यालयको शैक्षिक सत्र २०७३ मा उत्कृष्ट हुने ३२ जनालाई स्टेसनरी सामग्री उपलब्ध गराएका थिए ।