☰ open Loading... 2 May 2024|  

विकास निर्माणलार्इ प्राथमिकतामा राखेकाे छु : सांसद रेग्मी
  | २९ मंसिर २०७४, शुक्रबार १६:३८

नाम : धर्मराज रेग्मी
उमेर : ३५ वर्ष
पद : प्रदेश सदस्य
विजयी भएको जिल्ला र प्रदेश : दैलेख १ क प्रदेशसभा
शैक्षिक योग्यता : एलएलएम, संवैधानिक कानुनमा पिएचडी गदै
सम्बद्ध राजनीतिक दल : एकिकृत माओवादी केन्द्र


विगतको पृष्ठभूमि : २१ वर्ष अघि विद्यार्थी संगठन अनेरास्ववियू (छठौं) बाट राजनिति यात्रा थालेका रेग्मी १० वर्षयता सर्वोच्च अदालतमा बकालत गर्छन् । सविधान निर्माणमा एमाओवादीको कानुन विभागको सदस्यका रुपमा रहेर पार्टीबाट उल्लेखनिय भुमिका खेले । संवैधानिक कानुन विज्ञ तथा अन्तराष्ट्रिय कानुनका ज्ञाता पनि हुन् । उनी विशेषत संविधानको ब्याख्या सम्वन्धि विशेषज्ञ हुन् ।
माओवादीको केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य रहेका रेग्मी २०५३ सालदेखी विद्यार्थी राजनितिमा छन् । विद्यार्थी राजनिति दैलेखमा गरेका रेग्मी शान्ति प्रकृयासंगै काठमाडौंमा एमाओवादीभित्र कानुनी विभागमा काम गरेका हुन् ।

१) विजयी भएपछि कस्तो अनुभव भएको छ ?
– जनताबाट यूवाप्रति धेरै आशा गरेको अनुभुती पाएको छु । त्यसैले उहाँको यूवाप्रति लगाव र विश्वास टुटन दिने छैन् । जिम्मेवारी थप्नु भएको छ । प्रदेशसभामा निति निर्माणमा जनताको सेवामैत्री बनाउने छु । मलाई काम गरेर देखाउने जिम्मेवारी निर्धक्क निभाउने छु ।

२) तपाईले आफ्नो जिल्ला÷क्षेत्रको कासका लागि तत्काल गर्ने तीनवटा काम के–के हुन ?
–जिल्लाको गरिवी बेरोजगारी हटाउनका लागि विशेष कार्यक्रमहरु हुनेछ । त्यसपछि विकासको पूर्वाधार, दिर्घकालिन विकास रणनिति बनाई, निति निर्माणमा प्राथमिकता दिई नयाँ निति बनाउनेछु । प्रदेश सभामा काम गर्ने थालेसंगै मेरो सुत्ने समय ५ घण्टामा झान्नेछु । मुख्यत ः गरिवी हटाउनका लागि मेरो मुख्य काम हुनेछु ।

३) मतदातालाई तपाइ के भन्न चाहनुहुन्छ ?
– यूवालाई विश्वास गरेर सवै मतदाताहरुले मतदान गर्नुभयो सवैलाई धन्यवाद दिन चाहन्छु । प्रदेशसभाको निति निर्माण र विकास पुर्वाधार र रोजगारीको आभास हुने काम गर्ने छु भन्ने मतदातालाई विश्वास दिलाउन चाहन्छु धन्यवाद ।