☰ open Loading... 23 November 2024|  

सडक सञ्जाल जोड्दै त्रिवेणी नलगाड नगरपालिका
  | १ पुष २०७४, शनिबार १८:०५

जाजरकोट । त्रिवेणी नलगाड नगरपालिकाको वैरितालदेखि तल्लुसम्म यातायातका साधन चलाउन शुभारम्भ गरिएको छ । त्रिवेणी नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले शुक्रबार एक कार्यक्रमकाबीच यातायात सञ्चालनका लागि शुभारम्भ गरका हुन् ।

रुकुमको चिसापानीदेखि राडिसम्म यातायातका साधन चल्ने भए पनि जाजरकोट खण्डमा यातायातका साधन सडक नहुँदा चल्न सकेका थिएनन् ।

वैरिताल— तल्लु यातायात सञ्चालन भएसँगै त्रिवणी नलगाड नगरपालिकाकोे विभिन्न गाउँमा सडक निर्माण र मर्मतकार्य जारी रहेको प्रमुख रावलले बताए ।

वैरिताल कैना, कार्यखेत जिकुवा, कालमिटी लहँ, लगायतका दर्जन ठाउँमा सडक निर्माण कार्यजारी रहेको छ । यो ठाउँमा सडक सञ्जालले जोडेसँगै कालमिटी, दल्ली, लहँ र डाडाँगाउँका सबै वडा बस्तीमा दैनिक अतिआवश्यकीय सामग्री बिक्री वितरण गर्न सहज हुने वडा नं ३ का वडा अध्यक्ष प्रचण्ड ओलीले बताए । यस यातायात सेवाबाट बारेकोट गाउँपालिकाका स्थानीयलाई समेत सहज हुने देखिन्छ ।