स्थानियको प्रश्न सिंहदरवार गाउँमा खोई ?
जुम्ला । मुगुका चार वटा स्थानीय तह मध्ये तिन वटा स्थानीय तहमा बैंक नहुँदा बैकिङ्ग कारोबार गर्न समस्या भएको छ । आर्थिक कारोबार गर्न सदरमुकाममा आउनु पर्ने बाध्यताले सिंहदरबार गाउँमा नआएको मुगुका स्थानीयले गुनासो गरेका छन् । स्थानीय तहमा बैंक नहुँदा गाउँपालिका जनप्रतिनिधि हरुल बैकिङ्ग कारोबार गर्न सदरमुकामा नै जानु पर्ने बाध्यता रहेको छ ।
जिल्ला सदरमुकाम गमगढीमा ३ वटा बैंकहरुले सेवा दिइरहेको भए पनि जिल्लाका खत्यड गाउँपालीका, सोरु गाउँपालीका र मुगुम कार्मारोङ गाउँपालीकामा अहिले सम्म कुनै बैंकहरु छैनन् ।
गाउँपालिकामा बैंक नहुँदा बैकिङ्ग सेवाका सबै काम गर्न दुई दिन हिँडेर सदरमुकाम आउनु पर्ने बाध्यता रहेको सौरु गाउँपालीकाका स्थानिय बिर्खबहादुर शाहीले मुगुबाट बताए । सानो काम पर्दा सदरमुकाम जानु पर्छ । बैकिङ कारोबार गर्न बास बस्नु पर्ने पुराना दुख नछुटेको उनको दुखेको छ । यसमा स्थानिय जनप्रतिनिधि गम्भीर नभएको उनको आरोप छ ।
मुगुका तिन स्थानीय तहका गाउँपालिकामा कुनै बैंकहरु छैन बैंकहरु नहुदाँ सदरमुकाम नै आएर सबै काम गर्नुपर्ने र गाउँपालिका मा बैंक नहुँदा गाउँपालिका का करोडौं बजेट झोलामा बोकेर लैजानु पर्ने बाध्यता रहेको छ । जसले झोलामा करोडौ बजेट बोक्दा ज्यान जोखिममा रहेको कार्यकारीहरुले बताएका छन् ।
चाडो भन्दा चाडो स्थानिय तहमा बैक स्थापान गर्न स्थानिले माग गरेका छन् । चुनावका बेला सिंहदबारमा गाउँमा भन्ने नारा घन्काएपनि अहिले जनप्रतिनिधिहरु स्थानियका समस्या तथा आबश्यकता प्रति कुनै चासो नदिएको मुगुका स्थानिय बसन्त बागचनले बताए ।