| ३ पुष २०७४, सोमबार १८:०३
सुर्खेत । चामुण्डाविन्द्रासैनीमा १४ औं राष्ट्रिय स्वयंसेविका दिवस मनाईएको छ । सोमबार आर.भि.डब्लु.आर. एमको आर्थिक सहयोग र चामुण्डाविन्द्रासैनी नगरपालिकाको आयोजनामा सो दिवस मनाईएको हो ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनीका नगर प्रमुख सुर्यबहादुर शाहीले आफुले स्वास्थ्यका कार्यक्रमलाई पहिलो प्रथामिकता राखेर अघि बढेको प्रतिवद्धता जनाए ।
उनले नगरवासीलाई स्वास्थ्य उपचारमा सहज बनाउन एम्बुलेन्स खरिदको प्रक्रिया अघि बढाई सकेको जानकारी दिए । अबको केही दिन भित्र नगरवासीलाई एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
उनले भने, चामुण्डाविन्द्रासैनीको वडा नम्बर २ सिरवलका नागरिकलाई स्वास्थ्य उपचारलाई सहज बनाउन स्वस्थ्य क्लीनिक तत्काल स्थापना गरिने जानकारी दिए । कार्यक्रममा नगर उप–प्रमुख ताराकुमारी शाही खत्री लगायतले आ–आफ्नो भनाई राखेका थिए ।