पार्वती बस्नेत
दाङ । तुलसीपुरमा एक व्यक्तिले श्रीमतीलाई खुर्पा प्रहार गरी गम्भिर घाईते बनाएका छन । तुलसीपुर उपमहानगरपालिका १५ धम्कापुर निवासी ३८ वर्षिया खुमराज डाँगीले श्रीमती ३३ वर्षिय हारदा डाँगीलाई खुर्पा प्रहार गरी गम्भिर घाईते बनाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश साप्कोटाले जानकारी दिएका छन ।
घर नजिकै खोलामा लुगाा धुन गएको समयमा दिउसो सवा एक बजेतिर खुमराजले श्रीमतीलाई पछाडिबाट खुर्पा प्रहार गरेका थिए । घाईते डाँगीको राप्ति अञ्चल अस्पताल तुुलसीपुरमा उपचार भईरहेको छ । यसैविच श्रीमतीलाई खुर्पा प्रहार गर्ने खुमराजलाई प्रहरीले प्रक्राउ गरेको छ ।
तर पक्राउ परेका खुमराजले आफुले श्रीमतीलाई खुर्पा प्रहार गरेपछि तरकारीमा हाल्ने विषादि सेवन गरेको जानकारी दिएपछि उनलाई पनि हाल राप्ति अञ्चल अस्पतालमै चिकित्सकको निगरानीमा राखीएको डिएसपी सापकोटाले बताए । खुमराजले श्रीमतीलाई किन खुर्पा प्रहार गरे भन्ने अनुशन्धान हुन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।