☰ open Loading... 16 April 2024|  

‘जुम्बा डान्समा किशाेरीहरूकाे माेह’
  | ८ पुष २०७४, शनिबार १३:२२

सुर्खेत । फिटनेसको विकल्प बनेको जुम्बा डान्समा किशाेरीहरूकाे सहभागीता बढ्न थालेकाे छ । पश्चिम नेपालकाे सुर्खेतमा काठमाडाैंपछि जुम्बा डान्सका लागि डान्स फिवर एकेडेमी वीरेन्द्रनगरकाे न्यूराेडमा सञ्चालनमा रहेकाे छ । एकेडेमीमा सवै उमेर समुहका महिलाहरूकाे सहभागीता पछिल्लाे दिन बढ्रदाे क्रममा छ ।

एकेडेमीमा वजन घटाउन किशाेरी र गृहणीहरू रिमिक्स गीतमा कम्मर मर्काउँदै गरेका भेटिन्छन् । कलाकार, नृत्यांगनाहरूसम्म सीमित नाच अब आम महिलाको रुचिको विषय बन्न थालेको छ । शारीरिक तन्दुरुस्तीका लागि एकदमै उपयोगी मानिने जुम्बा डान्सप्रति युवतीहरूको मात्र नभई कामकाजी र गृहिणी महिला पनि आकर्षित हुँदै गएकाे डान्स फिवर एकेडेमीका सञ्चालिका प्रिया केसीले जानकारी दिइन् ।

जुम्बा पाटी पश्चिम नेपालमै पहिलो पटक सुर्खेतमा हुँदै

यसैविच, यही पुस १० गते वीरेन्द्रनगरमा जुम्बा पाटी सुर्खेतमा हुने भएको छ । डान्स फिवर एकेडेमीको आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।

सिद्धार्थ होटलमा हुने उक्त कार्यक्रममा जुम्बा डान्स, हिपअप, सुर्खेती झ्याउरे, सिङ्गीङ्क, ¥यामवाक हुन लागेको डान्स फिवर एकेडेमीका सञ्चालिका प्रिया केसीले जानकारी दिइन् । उनका अनुसार कार्यक्रमबाट एक जनालाई उत्कृष्ट ‘जुम्बा क्वीन’ छनौट गरिने छ । एकेडेमीमा सहभागी रहेका ४० जना महिलाहरु जुम्बा पाटीमा सहभागी हुनेछन ।

एकेडमीमा सवै उमेर समुहका महिलाहरूकाे सहभागीता छ । सन् १९९० को दशकमा डान्सर र कोरियोग्राफर अल्बर्टो ‘बेटो’ पेरेजले प्रारम्भ गरेको कोलम्बियन डान्स जुम्बा काठमाडौमा मात्रै सिमित थियाे । तर केसीकाे पहलमा सुर्खेतमा पहिलाे पटक एकेडमी सञ्चालन गरेर जुम्बा डान्सप्रतिकाे माेह बढाउन अग्रसर छिन् ।

‘जुम्बा डान्स बारे अझै पनि सुर्खेतमा अनविज्ञ रहेकाले जागरुकता बढाउन नियमित एकेडेमीमा अभ्यास त हुन्छ नै, तर हामी उत्कृष्ट जुम्बा क्वीन छान्न यही पुस १० गते कार्यक्रम समेत गर्दैछाैं’ केसीले भनिन्, ‘दैनिक विहानमा माेर्निङ वाकभन्दा जुम्बा डान्स काडियोबाट शरिरीक सन्तुलन कायम राख्न सजिलाे हुन्छ ।’

नेपाली, हिन्दी र अंग्रेजी गीतहरू रिमिक्स गरी कहिले फास्ट त कहिले स्लो गरेर जुम्बा डान्स सिकाइन्छ । डान्स गरेर रमाइलो हुने र वजन पनि घट्ने भएकाले गृहिणीहरू यसतर्फ बढी आकर्षित भएकाे केसीकाे भनाइ छ ।

किशाेरीहरूले मात्रै डान्स सिक्ने हो भन्ने धारणा परिवर्तित गर्न महिलामा हामीले पनि सिक्नुपर्छ भन्ने भावनाको विकास गर्ने उदेश्यले एकेडेमी सञ्चालनमा ल्याएकाे उनी बताउँछिन् ।