सुर्खेत । होटल व्यवसायी संघ सुर्खेतले आगलागी पीडित आफ्ना सदस्यलाई तत्कालिन राहत स्वरुप १० हजार रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । शनिबार बसेको कार्यसमिति बैठकले शुक्रबार रातिको आगलागीमा क्षति व्यहोरेका तीन वटा होटल व्यवसायीलाई १०–१० हजारका दरले सहयोग गर्ने घोषणा गरेको हो ।
याे पनि पढ्नुहाेस् ः
डेढ घण्टापछि सुर्खेत बसपार्क नजिकै लागेकाे अागाे नियन्त्रणमा
सुर्खेतकाे बसपार्क नजिकै अागलागी, नियन्त्रणकाे प्रयास जारी
शुक्रबार राति भएको आगलागीमा सम्राट गेष्ट हाउस, कोशेली खाजा घर र सगरमाथा मिठाई पसलमा क्षति भएको छ । ति मध्ये कोशेली खाजा घर पूर्ण क्षति भएको छ भने सम्राट र सगरमाथा मिठाई पसलमा आंशिक क्षति भएको छ । होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले आगलागीमा क्षति व्यहोरेका पीडित सदस्यहरुलाई तत्कालिन राहत स्वरुप १०–१० हजार रुपियाँ दिने निर्णय भएको बताए ।