सुर्खेत । पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले वीरेन्द्रनगरका आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
याे पनि पढ्नुहाेस् ः डेढ घण्टापछि सुर्खेत बसपार्क नजिकै लागेकाे अागाे नियन्त्रणमा
शनिबार आगलागी भएको ठाउँको निरीक्षणका क्रममा पूर्व गृहमन्त्री खड्काले प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा फोन गरेर तत्काल राहतको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
याे पनि पढ्नुहाेस् ः सुर्खेतकाे बसपार्क नजिकै अागलागी, नियन्त्रणकाे प्रयास जारी
‘आगलागी पीडितहरुले ठूलो क्षति व्यहोरेका छन्, सरकारकातर्फबाट तत्काल राहतको व्यवस्था गरिनुपर्छ’ खड्काले भने, ‘स्थानीय प्रशासनमार्फत क्षतिको यकिन गरेर राहतका लागि मन्त्रालयमा पठाउन प्रक्रिया सुरु गर्नुहोस् ।’
याे पनि पढ्नुहाेस् ः आगलागी पीडितलाई हाेटल व्यवसायी संघकाे सहयाेग
खड्काले आगलागी पीडितहरुसँग राहत उपलब्ध गराउनका लागि आफूले सक्दो पहल गर्ने बचन दिए । ‘टेलिफोनमार्फत प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा घटनाका बारेमा जानकारी गराइसकेको छु’ खड्काले भने, ‘स्थानीय प्रशासनमार्फत क्षतिको यकिन विवरण पुग्ने वित्तिकै राहतको प्रक्रिया सुरु हुन्छ ।’ शनिबार राति बसपार्क नजिकैका पसलमा आगलागी हुँदा पाँच करोड भन्दाबढीको क्षति भएको थियो ।