☰ open Loading... 23 November 2024|  

अग्नीपीडितलार्इ सुर्खेत उद्योग बाणिज्य संघले राहत रकम दिने
  | ९ पुष २०७४, आईतवार १९:१६

सुर्खेत । पछिल्लो केहि समययता सुर्खेत उपत्यका भित्रका विभिन्न ठाउँमा रहेका पसल, व्यवसाय तथा उद्योगहरुमा भएका अकल्पनीय आगलागीका घटनाले दुःखी बनाएकाे सुर्खेत उद्याेग बाणिज्य संघले जनाएकाे छ ।

अाइतबार विज्ञप्ती जारी गर्दै संघले आकस्मिक रुपमा आइपरेको संकट र दुःखद घटनापछि आफ्नो संयमता एवं धैर्यता नगुमाउन अग्निपीडित सम्पूर्ण उद्योगी, व्यापारी एवं व्यवसायीहरूलार्इ अाग्रह गरेकाे हाे ।

संघले यस दुःखद् घडीमा जिल्लास्थित सम्पूर्ण व्यापारी व्यवसायीहरुको प्रतिनिधित्व गर्दै सिंगो उद्योग वाणिज्य संघ तपाईंहरुकै साथमा रहेको विश्वास दिलाउएकाे छ ।

वीरेन्द्रनगरको गोदामलाईनमा अस्थायी टहरा बनाई व्यापार व्यवसाय गरेका ३ जना व्यापारी व्यवसायीहरुलाई संघको नियमानुसार तात्कालीक राहत स्वरुप जनही रु १० हजार र सदस्यता नलिएका ८ जनालार्इ तीनहजार राहत रकम उपलब्ध गराउने संघका अध्यक्ष प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

गत मंसिर ६ गते भएको आगलागीबाट पीडित वीरेन्द्रनगर ६ वीरेन्द्रचौक नजिकैकाे स्याङ्जा शूज सेन्टरका सञ्चालक नूर अलि आलम मियाँलाइ पनि ३ हजार सहयोग प्रदान गर्ने निर्णय गरेकाे छ ।