☰ open Loading... 25 November 2024|  

दार्चुलामा मानव अधिकार उल्लंघनका घटना न्युन
  | ११ पुष २०७४, मंगलवार ११:४२

सन्तोष कोट्टरी
दार्चुला । दार्चुलामा पछल्ला वर्ष मानव अधिकार उल्लंघनका घटनाकाे संख्यामा अाेरालाे लागेकाे एक अध्ययनले देखाएको छ । घटनाको प्रकृतिका आधारमा मावन अधिकार उल्लघंनका घटना उतार चढाव आएपनि जिल्लामा घट्दो क्रममा रहेको ईन्सेक दार्चुलाले जनाएको हाे ।

सन् २०१६ मा दार्चुलामा विभिन्न किसिमका ५२ ओटा मानव अधिकार उल्लघंनका घटनाहरु दर्ता भएका थिए । तर याे वर्ष घटेर ४५ मा झरेको छ । गत वर्ष घरेलु हिंसाका २५, लैंगिक हिंसाका १९, कर्तव्य ज्यान अन्तरगतका ५ र बालबालिका सम्बन्धी ३ घटना मानव अधिकार उल्लघंनक भएकाे ईन्सेक दार्चुलाका प्रतिनिधि नरेन्द्र कार्कीले जानकारी दिए ।

सन् २०१७ काे अन्त्यसम्मा बलात्कार तथा बलात्कार प्रयासका घटना ५ वटा घटेका छन् । त्यस्तै सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् । यो वर्ष २४ ओटा घरेलु हिंसाका घटना भएको ईन्सेकको प्रतिबेदनमा उल्लेख छ ।

महिला तथा लैंगिक हिंसाका १२, मानव बेचविखनका २ र कतव्य ज्यानका २ गरी ४५ ओटा मानव अधिकार उल्लघंनका घटना भएको कार्की बताउँछन् ।

उनले मानवअधिकार उल्लंघनका घटना कम हुँदै जानु सकरात्मक पक्ष भएकाले अझै घटना हुन नदिने सम्वन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जाेड दिए ।

घरेलु हिंसा, आत्महत्या, महिला अधिकार, महिला हिंसा, लैंगिक हिंसा, बलत्कार, मानव बेचविखन, खाद्य अधिकार, स्वास्थ्य सेवा, शैक्षिक अधिकार, गुणस्तरीय खाद्य पदार्थको उपलब्धता, रोजगारीको अधिकार, विकासको अधिकार लगायतका सवालमा मानव अधिकारका उल्लंघनका घटनाहरु हुने गरेको ईन्सेक दार्चुलाले जनाएको छ ।