दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिका – २ को लाँकुरीमा किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य मेलाको आयोजना गरिएको छ । मेलामा यौन तथा प्रजनन् सम्वन्धी ज्ञानहरु प्रयोगात्मक विधिबाट देखाईएको थियो ।
‘प्रजनन् स्वास्थ्य अधिकार, हामी सवैको सरोकार’ भन्ने मुल नाराका साथ उक्त मेला गरिएको थियो । मेलामा परिवार नियोजन, महिनावरी चक्र, वाल अधिकार, पाठेघर खस्ने समस्या, पुरुष प्रजनन् प्रणाली, महिला प्रजनन् प्रणाली र किशोर अवस्थामा आउने शारिरीक परिवर्तन लगाएतका चेतनामुलक १२ वटा स्टलहरु राखिएको महिला शसक्तिकरण मंचकी अध्यक्ष सुनिता चन्दले जानकारी दिईन ।
किशोर किशोरी तथा यौन तथा प्रजनन् स्वाथ्य मेलाल प्रजनन् स्वास्थ्य परिवर्तन सम्बन्धित महत्वपूर्ण सन्देश दिएको केड सुर्खेतका क्षेत्रीय कार्यक्रम संयोजक सीता अर्यालले बताईन ।
यस्ता मेलाले धेरै ज्ञानहरु प्रदान गर्ने जिवनमा परिवर्तन समेत ल्याउने बताईन् । गाउँघरमा महिला किशोरी तथा वाल अधिकार कार्यक्रम लागु भएपछि स्वास्थ्य क्षेत्रमा धेरै सुधार हुदैं आएको छ । किशोर किशोरीहरुमा पछिल्लो समयमा परिवार नियोजनका साधनहरुको प्रयोग गर्ने मानिसहरुको बृद्धि भई खुल्ला छलफल पनि गरिदैं आएको छ ।
‘आफ्नो घर परिवारमा छोरा छोरीमा गरिदैं आएको विभेदको ब्यवहारमा अहिले परिवर्तन भएको छ’ मेला अवलोकन तथा जनकल्याण माध्यामिक विद्यालय कक्षा १० मा अध्यनरत १५ वर्षीय विद्यार्थी बालकुमारी डाँगीले बताईन ।
उनले यस्तो मेलाले आफुले ज्ञान सिक्नुका साथै अभिभावकहरुले पनि एकै ठाँउमा सिक्दा अँझ सजिलो भएको बताईन् । मेलाको आयोजना महिला शसक्तिकरण मंच नेपाल दैलेख, केड नेपालको सहयोग, स्वास्थ्य चौकी लाँकुरीको समन्वयमा जनकल्याण मा.वि सेर्माकोमा मेलाको आयोजना गरिएको थियो ।