☰ open Loading... 20 April 2024|  

विकास निर्माणमा निगरानी बढाउने पूर्वमन्त्री थानीकाे उद्घाेष
  | ११ पुष २०७४, मंगलवार १७:३३

सुर्खेत । जिल्लामा अव हुने विकास निर्माणका काममा निगरानी बढाउन कांग्रेस नेताहरुले जिल्लास्तरीय कार्यकर्ताहरुलाई सुझाव दिएका छन् । ग्रामीण क्षेत्रका मतदाताहरुसंग भेटघाट गर्दै उनीहरुले अवका विकासका काममा निगरानी बढाउन भनेका हुन् ।

मंगलवार पश्चिम सुर्खेतको सालकोट, पोखरीकाँडाको लामकाने र लामाखालीमा भएका छुट्टाछुट्टै कार्यक्रमहरुमा कांग्रेस नेता एवं पूर्वमन्त्री ह्दयराम थानीले विकास निर्माणको काममा निगरानी बढाउनुपर्ने बेलापनि आएको बताए ।

उनले कांग्रेस हारेपनि जिल्लाको विकासका लागि आफ्नो कदम जारी नै राख्ने जनाए । उनले विकास र संगठन निर्माणको काम संगसंगै लगिने उल्लेख गरे । संगठन निर्माण गर्दा व्यक्तिगत होइन, संस्थागत रुपमा गर्न निर्देशनसमेत थानीले दिए ।

कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले ग्रामीण क्षेत्रमा पार्टी संगठनको काममा गति दिनुपर्ने बताए । उनले संगठन निर्माणका साथै विकासका काममा निगरानी बढाउन जोड दिए ।

सालकोटमा भएको कार्यक्रममा वडासभापति बलहादुर रोकाय, क्षेत्रीय सभापति नारायण कोइराला, क्षेत्रीय सदस्य यामबहादुर विसीलगायतले बोलेका थिएभने लामकानेमा भएको कार्यक्रममा वडासभापति टिकादेवी विसी, बराहताल ६ का वडाअध्यक्ष खगेन्द्र गिरी,पूर्व उपाध्यक्ष खगेन्द्र शर्मा र लामाखालीमा वडासभापति नवराज शर्मा, रत्नबहादुर गरन्जा, बसन्त गरन्जालगायतले बोलेका थिए ।