☰ open Loading... 3 May 2024|  

आर्थिक अभावले मदरसा बन्द
  | ११ पुष २०७४, मंगलवार १७:२८

दैलेख । दैलेखको मुस्लिम बस्तीका बालबालिकाका लागि खोलिएको मदरसा आधारभूत विद्यालयमा आर्थिक अभावका कारण तीन महिनादेखि पठनपाठन हुन सकेको छैन । पठनपाठन हुन नसकेपछि विद्यालयका ६४ जना विद्यार्थी मर्कामा परेका हुन् ।

तस्वीर गुगलवाट

भैरवी गाउपालिका – मुस्लिम बस्तीमा दश वर्षअघिदेखि सञ्चालन गरिएको मदरसा कादरीया ओ मदिना आभारभूत विद्यालयमा शिक्षकहरुलाई अभिभावकले तलब खुवाउन नसकेपछि तीन महिनादेखि पठनपाठन अवरुद्ध भएको छ ।

७० घरपरिवार रहेको मुस्लिम बस्तीका अधिकांश स्थानीयहरु ज्याला मदजुरी गरेर जीवन निर्वाह गर्छन् । आर्थिक अवस्था सक्षम नभएकाले उनीहरुले विद्यालयलाई मासिक रुपमा चन्दा दिन सकेका छैनन् ।

जिल्ला शिक्षा कार्यालयबाट १ देखी ५ कक्षा सम्म सञ्चालनका लागि एक जना मात्र दरबन्दीका शिक्षकको व्यवस्था गरिएको शिक्षिका जुवारी मियाले बताईन् । ‘दरवन्दीको शिक्षक नहुनु र अभिभावकले कति दिन पैसा उठाएरै सम्भव नभएपछि पठनपाठन रोकिएको हो ।’ शिक्षिका मियाले भनिन् ः ‘मदरसा खोल्नका लागि सवैले पहल गर्नुहोस् ।’

पढाउने शिक्षा कार्यालयले अरु शिक्षकको व्यवस्था नगर्दा आफ्ना बालवालिकाले पढ्न नपाएको अभिभावकको गुनासो छ । शिक्षा कार्यालयले एक जना शिक्षकलाई तलब सुविधा उपलब्ध गराउँदै आएको छ भने स्थानीय बासिन्दाले चन्दा उठाएर यसअघि दुई जना शिक्षकलाई तलब सुविधा उपलब्ध गराउँदै आएका थिए ।

तर, स्थानीयले आफूहरुको आर्थिक स्तर कमजोर भएको भन्दै चन्दा उठाउन छाडेपछि विद्यालयको पठनपाठन प्रभावित अभिभावक फरमेस मियाले बताए । अर्का अभिभावक ईदु मियाले शिक्षा कार्यालयबाटै अल्पसंख्यत मुस्लिम समुदायलाई हेपाहा प्रवृतीले हेरेको गुनासो गरिन् ।

केही वर्ष छिमेकी देश भारतबाट शिक्षक झिकाएर उर्दु, अरवियन भाषा समेत पढ्न र बोल्न सिकाईएको थियो । उनीहरुले बोल्ने भाषा उर्दु र अरवियन हराउँदै गएपछि अल्पसंख्यत मुस्लिमहरु चिन्तामा छन् । भैरवी गाउँपालिकाले मदरसा ब्यवस्थित गर्न आगामी बजेटबाट सम्वोधन गरिने जनाएको छ ।