☰ open Loading... 19 April 2024|  

कृत्रिम गर्भाधान सम्बन्धी अन्तरक्रिया
  | ११ पुष २०७४, मंगलवार १७:४१

सुर्खेत । कृत्रिम गर्भाधान सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला वीरेन्द्रनगरमा पशुसेवा कार्यालयको आयोजनामा सो अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय सुर्खेतका पुश चिकित्सक नारायण न्यौपानेले चालु आर्थिक वर्षको पाँच महिनाको अवद्यीमा ७ सय ९० ओटा बाख्रा, गाई र भैसीमा कृतिम गर्भाधान गरिएको जानकारी दिए । मंसिर महिनामा मात्र ३०२ ओटा गाई बाख्रा र भैसीमा कृत्रिम गर्भाधान गरिएको उनले बताए ।

जिल्ला पशु सेवा कार्यालय र सेवा केन्द्रमा निःशुल्क रुपमा कृत्रिम गर्भाधान भईरहेको उनले जानकारी दिए । वर्तमान समय कृषकको घरमै गएर कृतिम गर्भधान सम्बन्धी सेवा दिने गरेका छौँ बताए ।

जसमध्य १३० ओटा बाखामा अफ्रिका वोयरको विर्य क्रश गरिएको उनले जानकारी दिए । गाई र भैसीमा विगतका वर्षहरुमा कृत्रिम गर्भाधान गरिएपनि बाख्रामा पहिलो पटक गरिएको उनले बताए । मासुको उत्पादन बढाउनका लागि बोयरको विर्य क्रसिङ गरिएको उनले बताए । यो जातको बोकाको विर्य क्रसिङबाट जन्मीएको बोका र पाठीको दैनिक १२०/१३० ग्राम मासु बृद्धि हुन्छ, उनको भनाई छ ।

हाल बोयर बोकाको मासु प्रति केजी ८ सय र पाठीको मासु ६ सयमा विक्रि हुने गरेको उनले जानकारी दिए । सुर्खेतमा उत्पादन भएका बोयर जातका बोका र पाठीहरु हाल प्रदेश नं. ६ र ७ का विभिन्न र जिल्लासंगै गोरखमा समेत जाने गरेको उनले बताए ।

८५ ओटा बाख्रामा बोयरको विर्य क्रसिङ गरिएको उनले बताए । हाल बोयरबाट क्रसिङ गर्दा बाख्राले एकै साथ २ ओटा पाठा दिने भएकाले कृषिकहरु हर्षित छन ।

हाल विर्य क्रसिङ गरिएका बाख्राहरु साटाखानी, गर्पण, गुमी, दशरथपुर, लेखपराजुल र बावियाचौरमा पाईने गरेको उनले बताए । यसैगरी बीच अफ्रिकाबाट ल्याएका बोयर जातको बोकाको जिल्ला पशुसेवा कार्यालयले निरिक्षण गरेको छ । जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक नारायण न्यौपानेको टोलीले जिल्लाको पुर्वी क्षेत्रमा पर्ने गुमीमा बोयर बोका र अनुगमन गरेको हुन ।