☰ open Loading... 2 May 2024|  

विचौलियालाई ठेगान लगाउछु : सांसद खत्री
  | ११ पुष २०७४, मंगलवार १७:४८

सुर्खेत : विचौलियालाई ठेगाना नलगाए सम्म जनताले सुविधाबाट वञ्चित हुने सुर्खेत प्रतिनिधि सभा १ को प्रदेशका (ख) का सांसद खड्कबहादुर खत्रीले बताएका छन । मंगलबार वीरेन्द्रनगरमा पत्रकारसंगको परिचात्यमक कार्यक्रममा उनले यस्तो बताएका हुन ।

वर्तमान समय विचौलियका कारणले गर्दा राज्यबाट दिएका सेवा सुविधाबाट सर्वसाधारणहरु वञ्चित हुनु परेको उनले बताए । ‘विचौलियाको कारणले गर्दा यर्थात सूचना जनताको माझ पुग्दैन, उनले भने ‘सांसदसंग एउटा गर्छं भन्ने, जनतालाई गलत सूचना प्रवाह गर्ने काममा बढी सक्रियता हुने भएकोले त्यस्ता विचौलियालार्ई ठेगान लगाउनमा कटिवद्ध छु ।’

डाइभर्सनले ग्रामीण सडक, विद्युतिकरण र सिंचाईको विकास गर्नुपर्ने बताउँदै सांसद खत्रीले स्थानीयलाई उपयुक्त शेयर समेत दिनुपर्ने माग राखे । यसकालागि आन्दोलनै गर्नुपर्ने नभएको बरु आफू परियोजनासँग निरन्तर छलफलमा रहेको जनाए ।

आफ्नो क्षेत्रमा रहेका सुकुम्वासीहरुलाई तत्काल लालपुर्जा दिलाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । सांसद खत्रीले २०३३ सालमा बन फाँडेर बसोबास गरेकाहरुलाई लालपुर्जा दिनुपर्ने धारणा राखे ।

उनले आफ्नो प्रदेशमा बैंक नभएको बताउँदै बैंकको शाखा लैजान पहल गर्ने बताए । समाजमा मदिरा र विकृतिले समाजकै संरचना ध्वस्त गरेको बताए । यसकालागि सबैले सहकार्य गर्दै जनचेतना अभिवृद्धि गर्नुपर्नेमा उनको जोड थियो ।

आगामी वर्षमा वाम गठबन्धनको घोषणा पत्रमा उल्लेख गरिएका प्रतिवद्धता कार्यान्वयन गरी आफ्नो प्रदेशलाई नुमना प्रदेशको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए ।