☰ open Loading... 3 May 2024|  

आर्थिक समृद्धिका लागि जुम्लामा लगानी सम्मेलनको तयारी
  | १३ पुष २०७४, बिहीबार ०८:३८

सागर परियार, जुम्ला ।  कर्णालीमा थुप्रै सम्भावनाका बिच पनि प्रयाप्त अर्थ अभावका कारण विकासले गति लिन सकेको छैन् । दातृ निकायले दिने सहयोगको दुरुपयोग, अप्रयाप्त सरकारले विनियोजित गर्ने बार्षिक बजेट, र स्रात साधनको पहिचान तथा परिचालन नभएकाले कर्णालीको विकासले खासै काँचुली र्फेर्न सकेको छैन् ।

विकेन्दीकरण विकास पद्धतीले पछि परेको कर्णालीमा अझै लगानीकर्ताको खाँचो छ । अर्थ अभावले कर्णालीमा भएका बहुमुल्य जडिबुटीको प्रशोधन, पर्यटन क्षेत्रको सरक्षण तथा सम्बद्धन हुन सकेको छैन् । आर्थिक समृद्धीनै देश विकासको मुल आधार भएकाले अबको यात्रा आर्थिक समृद्धी तिर हुनुपर्ने जुम्लाका नागरिक अगुवाहरुले बताएका छन् ।

यसैबिच आर्थिक भित्राउन तथा जुम्लाको समुचित विकासका लागि आउदो जेठ सम्म जुम्लामा लगानी सम्मेलन गर्ने तयारी भईरहेको छ । सम्मेलनको जिम्मेवारी कर्णालीको पहिलो चन्दननाथ नगरपालिकाले लिने गरि सम्मेलनको तयारीलाई तिब्र पारिएको मेयर कान्तिका सेजुवालले बताईन ।

आउदो जेठ बैशाख महिना सम्म जुम्लामा हुने लगानी सम्मेलनका तयारी स्वरुप काठमान्डौका विभिन्न मन्त्राले उद्योग, व्यापारी, व्यवसायीहरु संग छलफल तथा परामर्श भईरहेको मेयर सेजुवालले बताईन । झण्डै ५ सय बढि लगानी कर्ता भित्राउने उद्देश्य अनुसार राष्ट्यि तथा अन्तराष्ट्यि स्तरका सबै लगानी कर्तालाई निम्तो दिने तयारी छ । कर्णालीको मुत्यूमार्गलाई २ लेनको बनाउन, विद्युत, खोनपानी, पर्यटनको समुचित विकास र प्रबद्धन गर्न, बहुमुल्य जडिबुटीको पहिचान गर्न र समग्र जुम्लाको आर्थिक समृद्धीका लागि लगानी सम्मेलन गर्न लागिएको हो ।

कर्णालीका थुप्रै सम्भावनालाई विकासको रुपमा दिन लगानी कर्ताको कमी नहुने भन्दै पुर्व तयारी स्वरुप लगानीकर्ताको सुरक्षा व्यवस्था देखि बस्ने खाने सबैको व्यवस्थाका बारेमा अहिलेबाटै तयारी गर्न नगरपालिकाका कर्मचारी लागीपरेका छन् ।

कर्णालीका विद्यमान समस्या समधानका लागि आगामी जेठमा हुने सम्मेलनले निकै राहात गर्ने समेत विश्वास गरिएको छ । अबको एकहप्ता पछि जुम्लामा पत्रकार भेटघाट गरी औपचारिक रुपमा सम्मेलनको मिति तोकिने छ । भने जुम्लामा रहेका झण्डै १ हजार बढि उद्योगी व्यापारीहरुलाई लगानीका लागि अनुरोध गरिने कार्यक्रम रहेको छ । भने जुम्लाको विकासका लागि आफ्नो क्षामता अनुसार उद्योगी व्यापारीहरुले लगानी गर्ने जुम्ला उद्योग बाणिज्य संघ अध्यक्ष रामदत्त रावलले बताए ।

सरकाले सुगम गाँउपालीकाको भन्दा जुम्लामा कम बजेट विनियोजन गर्ने गरेको छ । उनले भने, बजेट विनियोजनमा असमानता र समयमा अवश्यक कार्य्विधि, ऐन कानुन बन्न नसकेको उनको दुखेसो छ । तत्काल कृषि, पशुपन्छी तथा जडिबुडीको विकासको लागि बजेट प्रयाप्त नभएको भन्दै सरकाले पनि विशेष ध्यान दिनु पर्ने र लगानी सम्मेलनबाट पनि राहात हुने भएकाले सबै मिलेर सम्मेलन सफल पानू पर्ने राव्लले बताए ।

जुम्लाको चन्दननाथ नगरपालीकामा लगानी सम्मेलन गर्ने बारेमा गएको कातिएक ४ गते राजधानीमा आर्थिक पत्रकार समाज तथा मेयर जुम्लाकी मयेर कान्तिका सेजुवाल बिच छलफल भएको थियो ।