| १४ पुष २०७४, शुक्रबार १२:३७
दाङ । दाङमा बाघको हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बबई गाउँपालिका–४ सुन्दरखालका ५९ बर्षीय पुर्णबहादुर हमाल, काशीराम विक र सल्यान त्रिबेणी गाउँपालिका–१ का ४५ बर्षीय चन्द्रबहादुर वलीलाई बिहीबार बिहीबार राति हापुरे बजारबाट मध्यपश्चिम क्षेत्रीय अनुसन्धन ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले दुई थान बाघको टाउको र केही हड्डी बराम गरेको छ । पक्राउ परेकाहरुलाई आज जिल्ला वन कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ ।